
अछामः

मंगलसेनको समग्र सहरी विकासका लागि उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहलाई लाई ज्ञापनपत्र पेश गरिएको छ । मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहराले नगरपालिकालाई आगामी आर्थिक वर्षमा एकिकृत पूर्वाधार विकास कार्यक्रममा समावेशका लागि ज्ञापनपत्र पेश गर्नुभएको हो ।
नगरपालिकालाई सघन शहरी विकास अन्तरगत (एकिकृत पूर्वाधार विकास) कार्यक्रममा समावेश गरिदन र विभिन्न आयोजनाहरुमा आवश्यक बजेट व्यवस्थापन गरिदन माग गरिएको छ । नगरपालिकाले प्रस्ताव गरेका अन्य योजना तथा कार्यक्रमहरुमा मंगलसेन दरबार संरक्षण कार्यक्रम, मंगलसेन दरबार संरक्षण कार्यक्रम, मंगलसेन दरबार संरक्षण कार्यक्रम र फोहोरमैला व्यवस्थापन पूर्वाधार निर्माण कार्यक्रम रहेका छन ।


नगर प्रमुख बोहराद्धारा हस्ताक्षरित ज्ञापन पत्रमा भनिएको छ – “शहरि विकासका सबै पूर्वाधार एवं संरचना निर्माण नगरको न्यून स्रोतबाट परिपुरण हुने अवस्था समेत नरहेकोले यस नगरपालिकाको शहरी पुर्वाधारहरु अछाम दरबार,मंगलसेन बसपार्क निर्माण,सभाहल निर्माण,वडा कार्यालय भवन,सामुदायीक क्याम्पस, संघिय तथा प्रदेश कार्यालय तथा भवनहरु, शहरी सडक, सामुदायिक विधालय, ढल निकास, खेलमैदान, पार्क, पुल लगायतका भौतिक पूर्वाधार तथा संरचना निर्माणका थुप्रै विकास कार्य अभाव रहेकोले आगामी आर्थिक वर्ष २०८२/८३ को तहाँ मन्त्रालयको बार्षिक बजेट तथा कार्यक्रममा आवश्यक सहजिकरण गरिदिनहुन विनम्र अनुरोध गर्दछौ ।”
नगरपालिकाले सोहि व्यहोराको मागपत्र सहरी विकास तथा भवन निर्माण विभागका महाँनिर्देशक मचाकाजी महर्जनलाई पनि पशेग गरेको छ ।



