साँफेबगरमा खुल्यो कपडा बैंक 

Kirci Gyan Kendra

साँफेबगर – साँफेबगर अछाममा कपडा बैंक स्थापना भएको छ । समविकास नेपाल साँफेबगर अछामद्वारा संचालन गरिएको नि :शुल्क कपडा बैंकको एक कार्यक्रमका बीच आज साँफेबगरमा उदघाटन गरिएको हो ।

Samajik New Add 2082
Saud Agro Kailash

हुनेले दिने, नहुनेले लिने भन्ने नारा सहित संचालन गरिएको कपडा बैंकमा आफू संग भएका लुगाहरु र नयाँ किनेर पनि दिन सकिने तथा आर्थिक अवस्था कमजोर भइ लुगाफाटो किन्न नसक्ने अवस्था भएका ब्यक्तिहरुले यो कपडा बैंकबाट लुगाफाटो लिन सकिने समविकास पशुपति कुँवरले बताउनु भयो ।

समविकासका अध्यक्ष सत्य स्वारको अध्यक्षतामा भएको कपडा बैंक उदघाटन कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका नीति तथा योजना आयोगका उपाध्यक्ष डा.जीवना राना प्रमुख अतिथि रहनुभएको थियो ।
कार्यक्रम आयोगका सदस्य नृप बहादुर सुनार , कर्ण बहादुर कुँवर , साँफेबगर नगरपालिकाका नगर उपप्रमुख शिब बहादुर कुँवर अतिथि रहनुभएको थियो । जनप्रतिनिधिहरु, राजनीति दलका प्रतिनिधि, पत्रकार र विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको समेत कार्यक्रममा सहभागिता रहेको थियो ।
कार्यक्रममा उपस्थित अतिथिहरुले यो कपडा बैंकलाई सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.