माओवादी केन्द्र ढकारीको तेस्रो अधिवेशन सम्पन्नः अध्यक्षमा हंशराज उपाध्याय

Kirci Gyan Kendra

अछामः

Samajik New Add 2082

नेकपा माओवादी केन्द्र ढकारी गाँउपालिका कमिटीको तेस्रो अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । अधिवेशनले हंसराज उपाध्यायको अध्यक्षतामा २५ सदस्यीय पालिका कमिटी सर्वसम्मत चयन गरेको हो ।

कमिटीको उपाध्यक्षमा रत्ना रिमाल, पदम विष्ट, गंगा विक, सचिवमा सेर बहादुर कामी, कोषाध्यक्ष मञ्जु विष्ट, सह-सचिवमा कृष्ण विष्ट, वीर बहादुर कामी लगायत अन्य सदस्य रहेका छन ।

Saud Agro Kailash

यसअघि सम्पन्न अधिवेशनको उदघाटन सत्रमा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एंवं अछाम इन्चार्ज शरद सिंह भण्डारी प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रममा बोल्दै नेता भण्डारीले राज्य व्यवस्थामा आमुल परिवर्तनको नेतृत्व माओवादी केन्द्रको पहलबाट भएपनि नेतृत्व अरुको हातमा पर्दा जनताले दुःख भोग्नु परेको बताउनु भयो । संविधानसभा सदस्य समेत रहनुभएका नेता भणडारिले माओवादी बलियो भएमात्र विकास निर्माण संगै जनताको अधिकार स्थापित हुने उल्लेख गर्नुभयो ।

कार्यक्रमका अन्य अतिथिमा माओवादी केन्द्रका केन्द्रिय सदस्य एंवम अछाम क्षेत्रनम्बर १ का इन्चार्ज दिपक साउद तरंग, केन्द्रिय सदस्य राम प्रसाद तिमिल्सेना राप्ती, प्रदेश कमिटी उपाध्यक्ष एंवम सुदुरपश्चिम प्रदेशका निवर्तमान आर्थिक मामिला मन्त्री अक्कल बहादुर रावल, जिल्ला संयोजक रविन्द्र साउद, प्रदेश सल्लाहकार सदस्य तुलाराम उपाध्याय, प्रदेस सदस्य एंवम ढकारी गाउ पालिका इन्चार्ज नृप बहादुर थापा, एकीकृत अखिल शिक्षक संगठनका प्रदेस सदस्य सिताराम भण्डारी, शिक्षक संगठनका नेता देविराम भण्डारी, देव बहादुर कुवर, लोकराज उपाध्याय, रंग प्रशाद जैशी, पार्वती जैशी, अनेम संघ प्रदेस सदस्य रत्ना रिमाल रहनु भएको थियो ।

कार्यक्रममा नेपाली कांग्रेसका कपिल बुढा, नेकपा एमालेका नेत्र बहादुर शाही, रास्वपाका पालिका सभापती तारा भण्डारी, नेकपा विप्लवका उमेश बुढा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा मञ्जु विष्टले स्वागत मन्तव्य राख्नु भएको थियो भने संचालन लाल बहादुर साउदले गर्नुभएक थियो । कार्यक्रममा जनयुद्दकालमा महत्वपूर्ण मुमिका खेल्नुभएका कालु साउद, धनबिरे कामी धरान र दयाराम बिक दिनेशलाई सम्मान गरिएको थियो ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.