चण्डिका मावि कालेकाँडामा आत्महत्या न्यूनीकरण तथा लागूऔषध नियन्त्रण सम्बन्धि विद्यार्थीलाई सचेतिकरण

Kirci Gyan Kendra

अछाम, २० फागुन:
पञ्चदेवल बिनायक नगरपालिका वडा नम्वर ९ कालेकाँडा स्थित चण्डिका माध्यमिक विद्यालयमा आत्महत्या न्यूनीकरण तथा लागूऔषध नियन्त्रण सम्बन्धि जनचेतनामूलक कार्यक्रम गरिएको छ ।

Samajik New Add 2082

सामाजिक विकास कार्यालय अछामको आयोजना र जिल्ला प्रहरी कार्यालय अछाम तथा जिल्ला प्रशासन कार्यालय अछामकाे सहकार्यमा कार्यक्रम गरिएको हाे ।

पञ्चदेवल बिनायक नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष राम प्रशाद जैशीको अध्यक्षतामा भएको कार्यक्रममा प्रहरी नायव उपरीक्षक (डिएसपी) ईश्वरी प्रसाद भण्डारी प्रमुख अतिथि रहनुभएको थियाे ।

Saud Agro Kailash

प्रमुख अतिथि डिएसपी भण्डारीले आत्महत्या न्यूनिकरण सम्बन्धि सचेतनामुलक अभिमुखिकरण गराउनुभएकाे थियाे । साथै उहाले आत्महत्या सम्बन्धि तथ्यांक विवरण प्रस्तुत गर्दै आत्महत्याबाट समाजमा पर्न जाने असर, न्यूनिकरणका उपायहरु, आत्महत्या न्यूनिकरणको लागि नेपाल प्रहरीले गर्दै आएको कार्यकाे जानकारी गराउनुभएकाे थियोे । यस्तै लागूऔषध नियन्त्रणका लागि गरिएका प्रयासहरु र कानुनी प्रावधान लगायतका विषयमा समेत जानकारी गराईएकने थियो ।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालय अछामका नायव सुब्बा बिनाेद राज खनाल, चण्डिका माविका प्रधानाध्यापक कमल बहादुर शाही लगायतका अतिथि रहनुभएकाे थियो ।

कार्यक्रममा उक्त विद्यालयमा कक्षा ९ र १० म अध्यनरत विद्यार्थीहरुकाे सहाभागिता रहेको सामाजिक विकास कार्यालयका कर्मचारी शुक्र रावलले जानकारी दिनुभयो ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.