एमालेको वडा केन्द्रित अभियानकाे समिक्षा मंगलसेन ७ मा सम्पन्न

Kirci Gyan Kendra

टेकराज भण्डारी: नेकपा एमालेका केन्द्रीय सदस्य यज्ञ बहादुर बाेगटीले नेकपा एमालेकाे ३ महिने वडा केन्द्रीत कार्यक्रमले नेता र जनताबीचकाे सम्बन्धलाई मजबुत बनाईरहेकाे बताउनु भएको छ ।

Samajik New Add 2082

तीन महिने वडा केन्द्रीत अभियान अन्तर्गत मंगलसेन नगरपालिका वडा नम्बर ६ र ७ काे संयुक्त समिक्षा कार्यक्रममा प्रमुख अतिथिकाे आशनबाट बाेल्दै केन्द्रीय सदस्य तथा पूर्व सांसद बाेगटीले एमालेका हरेक नेता कार्यकर्ताले पार्टीका नीति, कार्यक्रमबारे जानकारी लिँदै जनतालाई सु-सुचित गर्नुपर्नेमा जाेड दिनुभयो ।

नेकपा एमाले मंगलसेन ७ का वडा कमिटी अध्यक्ष गंगा कामीकाे अध्यक्षतामा भएको कार्यक्रममा अछाम क्षेत्र नम्बर २ का ईन्चार्ज समेत रहनुभएका नेता बाेगटीले एमाले बलियाे र पूर्ण बहुमत भए मात्रै एमालेले अघि सारेका जनमुखी कामले सार्थकता पाउने बताउनुभयो ।
कार्यक्रममा नेकपा एमालेका प्रदेश कमिटी सदस्य भीम जनालाले समाज निर्माणका लागि नेकपा एमालेले थुप्रै काम गरेकाे बताउनुभयो । सुखी नेपाली समृद्ध नेपालकाे नारालाई सार्थक पार्न हरेक क्षेत्रमा बलियाे एमाले आवश्यक रहेकाे र यसका लागि वडा केन्द्रीत अभियान ल्याएकाे बताउनु भयाे ।

नेकपा एमाले जिल्ला कमिटी सचिव भीम बहादुर रावलले सबै नेता, कार्यकर्ता तथा जनवर्गीय संगठनकाे परिचालन गर्दै जनताको भलाईका लागि काम गर्नुपर्नेमा जाेड दिनुभयाे ।

Saud Agro Kailash

कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी स्कुल विभाग सदस्य रत्न प्रसाद ढुंगानाले नेता तथा कार्यकर्ताकाे संयुक्त प्रयासले कम्युनिस्ट विचार तथा सिद्धान्तलाई मुर्त रुप दिएर जनमुखी काम गर्न सकिने बताउनु भयाे । नेता कार्यकर्ताले पार्टीका लागि पनि याेगदान दिनुपर्नेमा उहाँले जाेड दिनुभयाे ।

मंगलसेन नगरपालिकाका उपप्रमुख तथा एमाले जिल्ला कमिटी सदस्य संगीता कुमारी रावलले पार्टी तथा जनप्रतिनिधिले गरेका राम्राे कामबारे सबै जनतालाई जानकारी दिँदै थप कामका लागि सुझाव दिन आग्रह गर्नुभयो । गाउँ तहसम्म एमालेलाई बलियाे बनाउँदै सबै जनताकाे मनमा छाप पर्ने गरी काम गर्नुपर्ने उपप्रमुख रावलकाे भनाइ छ ।

वडा नम्बर ६ र ७ मा यस अघि तीन महिने अभियानमा जिल्ला कमिटी सदस्य दुर्गाप्रसाद भण्डारी र पुष्पराज भण्डारीले क्रमश वडा नम्बर ७ र ६ मा भएका गतिविधिबारे रिपोर्टिङ गर्नुभएको थियाे ।

समिक्षा कार्यक्रममा एमाले जिल्ला कमिटी सल्लाहकार सदस्य चन्द्र प्रसाद भण्डारी, खड्के कामी, नगर कमिटी सचिव डम्बरबहादुर रावल, वडा नम्बर ७ का अध्यक्ष राज बहादुर शाही, वडा नम्बर ६ का अध्यक्ष देबेन्द्र प्रसाद भण्डारी, शिक्षक संगठनका शान्ति शाही, प्रेस चाैतारी अछामका पूर्व अध्यक्ष टेकराज भण्डारी, युवा संघका खेमराज भण्डारी लगायतले मन्तब्य राख्दै राख्नुभएको थियाे ।

नगर कमिटी सदस्य चक्र प्रसाद भण्डारीले स्वागत गर्नुभएको कार्यक्रमकाे सञ्चालन नगरकमिटि सहसचिव कालुसिंह विकले गर्नुभएको थियाे ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.