शिक्षकमाथि यौन दुर्व्यवहारको आरोप, जन्मदिन मनाउने भन्दै होटलमा लगिएको छात्राको बयान

Kirci Gyan Kendra

कैलालीको गौरीगंगा नगरपालिका-८ लिक्मास्थित जनप्रिय माध्यमिक विद्यालयका निमित्त प्रधानाध्यापक धनीदत्त भट्टमाथि यौन दुर्व्यवहारको बात लागेको छ ।

Samajik New Add 2082

सोही विद्यालयमा पढ्ने एक छात्राले आफूलाई चिसापानीको एक होटलमा पुर्याएर शिक्षक भट्टले यौन सम्पर्कको प्रयास गरेको आरोप लगाएकी हुन् । चौधरी थरीको ती छात्राले इलाका प्रहरी कार्यालय मसुरियामा किटानी जाहेरीसमेत दिएकी छन् ।

‘आवश्यक कारवाही गरी न्याय दिलाई पाउँ’ विषयको जाहेरी/निवेदनमा उल्लेखित घटना विवरणअनुसार भट्टले फागुन २ गते आफ्नो जन्मदिन मनाउने बहानामा छात्रालाई घोडाघोडी घुम्न जाने प्रस्ताव गरेका थिए । तर, छात्राले एक्लै जान इन्कार गरेपछि शिक्षक भट्ट अन्य विद्यार्थीलाई पनि सँगै लैजान राजी भए । त्यसपछि आफू घरबाट निस्केको र भट्ट पनि अर्का शिक्षक साथीलाई लिएर मोटरसाइकलमा पहलमानपुरसम्म लिन आएको छात्राले बताएकी छन् ।

तर, घोडाघोडी पुगेपछि मोटरसाइकल नरोकी सिधै चिसापानी पुर्याएको र खाजा खाने बहानामा ढिलासुस्ती गर्दै जानाजान समय घर्काएर कुनियतका साथ रात पारेको भट्टमाथि आरोप छ । फर्किन नभ्याउने भन्दै भट्टले होटलमा बस्न कर गरेको र राति अबेरसम्म पनि फर्किने सुरसार नगरी दुर्व्यवहार गरेको घटना विवरणमा उल्लेख छ ।

Saud Agro Kailash

त्यसपछि असुरक्षित महसुस गरी होटलका कर्मचारीको सहयोगमा त्यहाँबाट भागेको उल्लेख गर्दै छात्राले शिक्षक भट्टमाथि कडा कारवाहीको माग गरेकी छन् । तर, फागुन १० गते नै विद्यालय व्यवस्थापन समिति र इलाका प्रहरी कार्यालय मसुरियामा उनले उजुरी दिएको भए पनि अहिलेसम्म अनुसन्धान अघि बढेको छैन ।

व्यवस्थापन समितिले उल्टै विद्यालयको बद्नाम हुने भन्दै प्रहरीमा दर्ता उजुरी फिर्ता लिन र आपसी सहमति गरेर घटना मिलाउन दबाब दिएको पीडित पक्षको गुनासो छ । घटनापछि भट्टको निमित्त प्राधानाध्यापकको जिम्मेवारी खोसेर अर्का शिक्षक दिपेन्द्र खड्कालाई दिइनु र त्यसबारे नगरपालिका बेखबर हुनुले अर्को चलखेलको आशंका उब्जाएको छ ।

शिक्षक जयबहादुर बयलकोटीलाई स्थायीरुपमै प्राधानाध्यापक बनाउने तयारी चलिरहेको अवस्थामा नगरपालिकलाई थाहैनदिई एकाएक निमित्त हेरफेर गर्नुको पछाडि सामान्य कारण नरहेको स्थानीय बताउँछन् । यसबारे चासो राख्दै मेयर देविदत्त कँडेलले घटनाको सत्यतथ्य छानविन गर्ने बताएका छन् ।

विद्यालय व्यवस्थापन समितिले निमित्त हेरफेर किन गर्यो भन्नेबारे नगरपालिकालाई जानकारी नगराएको बताएका उनले घटनाको निष्पक्ष अनुसन्धान गरेर दोषीमाथि कारवाही गर्ने प्रतिवद्धता जनाए ।

‘ती किशोरमाथि शिक्षकले जुन व्यवहार गरेका छन्, त्यो अपराध नै हो’, उनले जनआस्थासँग भने, ‘भोलि (शनिबार) बिदा भएकाले पर्सी दुवै पक्षलाई नगरपालिकामा बोलाएको छु, हामी छलफल गरेर दोषीलाई कारवाहीको दायरमा ल्याउँछौँ ।’ -janaaastha

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.