
गौरिशंकर मावि ढकारी ३ जुतितालीको ५८ औं अभिभावक भेला सम्पन्न भएको छ । विव्यस अध्यक्ष पूर्ण बहादुर बुढाको अध्यक्षता र ढकारी गाउँपालिका उपाध्यक्ष नेत्रकला देवी शाहीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।


भेलामा वडा नम्वर ३ का अध्यक्ष चन्द्र बहादुर बुढा, वडा नम्वर ६ का अध्यक्ष प्रकाश बहादुर थापा लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
विभिन्न छिमेको विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावक, विद्यार्थी र सरोकारवालाहरुको उपस्थित रहेको कार्यक्रममा विभिन्न साँस्कृतिक प्रस्तुतीहरु पनि प्रस्तुत गरिएको उक्त विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष टेक बहादुर बुढाले जानकारी दिनुभयो ।


