
अछाम क्याम्पसमा स्ववियु निर्वाचनका सम्पूर्ण कार्यक्रम स्थगित भएको छ । विभिन्न संघ संगठनहरुकाे आपसी समझदारीमा तत्कालका लागि निर्वाचन कार्यक्रम स्थगित गरिएको क्याम्पसले जनाएको छ ।
क्याम्पसले एक सूचना जारी गर्दै भनेको छ “यस अछाम बहुमुखी क्याम्पसमा मिति २०८१ चैत ५ गते तोकिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन विद्यार्थी संघ, संगठन र समूहको आपसी समझदारीको आधारमा तत्काललाई स्थगित गर्ने र आगामी उपयुक्त समयमा विद्यार्थी संघ, संगठन र समूह र क्याम्पस प्रशासनको आपसी समझदारीको आधारमा स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन गर्ने भन्ने र्णिय भएकोले तत्कालका लागि स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका सम्पूर्ण कार्यक्रमहरु स्वगन गरिएको सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।”


हेर्नुहोस क्याम्पसको सूचनाः


