मंगलसेन नगरपालिका १३ बस्तीमा १ दिने निशुल्क स्वास्थ्य शिविर हुने

Kirci Gyan Kendra
Saud Agro Kailash
मंगलसेन नगरपालिका वडानम्वर १३ बस्तीमा १ दिने एकिकृत स्वास्थ्य शिविर हुने भएको छ । नगरपालिका र स्वास्थ्य कार्यालय अछामको आयोजनामा चैत्र ६ गते बुधबार विशेषज्ञ सेवा सहितको एकिकृत स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको हो ।
बस्ती स्वास्थ्य चौकीमा सञ्चालन हुने निशुल्क एकिकृत स्वास्थ्य शिविरमा बिरामी जांच, आँखा जाँच, परामर्श सेवा, पाठेघरको मुखको क्यान्सर जांच तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा प्रदान गरिने नगरपालिका स्वास्थ्य शाखा प्रमुख भुमिनन्द ढुंगानाले जानकारी दिनुभयो । उहाँका अनुसार शिविर बिहान १० बजे देखि बेलुका ५ बजेसम्म सेवा प्रदान गरिने छ ।
जिल्ला अस्पताल अछामका डाक्टर सहित स्वास्थ्यकर्मीहरुले सेवा प्रदान गर्ने शिविरमा उपस्थित भई निशुल्क स्वास्थ्य सेवा लिई मौकाको फाईदा लिनहुन वडाबासिलाई नगरपालिकाले अनुरोध गरेको छ ।
Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.