रामारोशन क्षेत्र पर्यटन समितिको कार्यकारी अधिकृतमा पूर्णबहादुर बिक

Kirci Gyan Kendra

धनगढीः रामारोशन क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिको कार्यकारी अधिकृत पदमा पूर्ण बहादुर बिक नियूक्त भएका छन् । सुदूरपश्चिम प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले बिकलाई कार्यकारी अधिकृत पदमा नियूक्त गरेको हो ।

Samajik New Add 2082

यस अघि कार्यकारी अधिकृत रहेका गंगा कुवर बुढाको कार्यअवधि समाप्त भएपछि बिकलाई मन्त्रालयले सो पदमा बिकलाई नियूक्त गरेको हो । रामारोशन गाँउपालिका वडा नं. २ सुतार निवासी बिकलाई समितिको गठन आदेश २०७६ को दफा ६ को उपदफा २ बमोजिम कार्यकारी अधिकृत पदमा नियूक्त गरिएको मन्त्रालयले जनाएको छ ।

Saud Agro Kailash

चैत्र ७ गते माननिय मन्त्री लक्ष्मण किशोर चौधरीले बिकलाई रामारोशन क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिको आगामी कार्यकालका लागि कार्यकारी अधिकृत पदमा नियूक्त गरेका हुन् ।

कार्यकारी अधिकृत पदमा नियूक्त भएकोमा बधाई दिदैँ मन्त्री चौधरीले रामारोशन क्षेत्रको पर्यटन, धार्मिक, सांस्कृतिक, प्राकृतिक र ऐतिहासिक सम्पदाको संरक्षण, व्यवस्थापन र विकासमा महत्वपूर्ण भुमिका निर्वाहको अपेक्षा गरिएको बताए ।

नव नियूक्त कार्यकारी अधिकृत बिकले रामारोशन क्षेत्रको विकास र पर्यटनमा कटिबद्ध भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्दै उनले सबैसंग हातेमालो गर्दै अघि बढ्ने बताए ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.