
मङ्गलसेन नगरपालिका ३ कुटी स्थित नरमदेश्वर शिवालयमा आगामी वैशाख १७ गते देखि शिव पुराण महाँयज्ञ लगाईने भएको छ । नरमदेश्वर शिवालय क्षेत्र विकास समितिको शनिवार सम्पन्न सर्वपक्षिय वैठकले सो निर्णय गरेको हो ।

समितिका अध्यक्ष तेज बहादुर बिष्टको अध्यक्षता र मङ्गलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहराको प्रमुख आतिथ्यतामा भएको वैठकमा पूर्व जिल्ला शिक्षा अधिकारी झंकर बहादुर बिष्ट विशिष्ट अतिथि रहनुभएको थियो ।


वैठकले शिवालय संरक्षण र विकासका लागि शिव पुराण लगाउने निर्णय गर्दै मुल आयोजक समिति सहित विभिन्न उपसमिति गठन गरेको छ । जस अन्तरगत तेज बहादुर बिष्टको संयोजकत्वमा ३५१ सदस्यीय मुल आयोजक समिति, नगर प्रमुख पदम बहादुर बोहराको संयोजकत्वमा सल्लाहकार तथा समन्वय समिति, बृकेश सिंह बोगटीको संयोजकत्वमा १९ सदस्यीय आर्थीक उपसमिति, वडा नम्वर ३ का अध्यक्ष बिर्ख बहादुर बोगटीको संयोजकत्वमा प्रचारप्रसार उपसमिति, महाँराज धर्मानन्दको संयोजकत्वमा ११ सदस्यीय पुराण पुजा व्यवस्थापन समिति, पदम सिंह भाटको संयोजकत्वमा ९ सदस्यीय अतिथि सत्कार तथा व्यवस्थापन उपसमिति, मिन बहादुर बिष्टको संयोजकत्वमा भौतिक निर्माण उपसमिति, महाँसिंह बोगटीको संयोजकत्वमा ५ सदस्यीय प्रसाद तथा भोजन व्यवस्थापन उपसमिति गठन गरिएको छ ।
षोडशा माविका प्रधानाध्यापक बृकेश सिंह बोगटी लगायतले मन्तव्य राख्नुभएको सर्वपक्षिय वैठकको सञ्चालन समितिका सचिव कर्ण बहादुर धामीले गर्नुभएको मुल आयोजक समिति सदस्य एकेन्द्र बोगटीले जानकारी दिनुभयो ।



