
अछाम – आज शनिबार अछामको ऐतिहासिक जुपुको दशैंमेला लाग्दैछ । चैते दशैंको अवसरमा हरेक वर्ष झैं यस वर्ष पनि कालिका देवी मन्दिरमा पुजापाठ सहित राँगा बोकाको बलि चढाई दशैंमेला लाग्ने भएको हो ।


मंगलसेन नगरपालिका वडा नम्बर १० जुपु स्थित कालिका देवी भगवतीकाे मंन्दिरमा बिहानै देखि श्रदालु भक्तजनको ठुलाे घुईचाे लाग्ने गरेको छ । चैते दसैं अर्थात चैत्रा अष्टमिमाका दिन परम्परागत रुपमा कालिक देवी भगवतीकाे मन्दिरमा दर्शालु भक्तजनहरुले पुजा आजा गरे मनाेकांक्षा पुरा हुने जन बिश्वास रहेकाे छ । साे मन्दिरमा सयौं बाेका र दर्जनौ रागाहरुकाे बलि चढाईने गरेकाे स्थानीय बताउँछन ।
चैते दशैमा मंगलसेन नगर लगायत जिल्लाका १० वटै स्थानीय तह र छिमेकी जिल्ला कालिकाेट, बाजुरा लगायतका श्रद्धालु भक्तजन मेला हेर्न आउने गरेकाे र संगै देश बिदेशमा रहेका यश क्षेत्रका बासिन्दा चैते दशै हेर्न घर फर्किने गरेको मंगलसेन नगरपालिका १० जुपुका वडा अध्यक्ष जनक बहादुर कुवरले बताउनु भयो ।
दशैं मेलाको अवसरमा दिनभर देउडा न्याउले लगायतका कार्यक्रमहरु समेत हुने गर्दछन ।

