ट्याक्टर बहस” कार्यक्रम मंगलसेनमा सम्पन्न

Kirci Gyan Kendra

“ट्याक्टर बहस” कार्यक्रम मंगलसेनमा सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय अछामको संयुक्त आयोजनामा सडक दुर्घटनाबाट हुने धन जनको क्षतिलाई न्यूनिकरण गर्ने उद्देश्यका साथ सदरमुकाम केन्द्रीत कार्यक्रम अन्तरगत मंगलसेन नगरपालिका वडा नम्बर ५ मा गरिएको हो ।

Samajik New Add 2082
Saud Agro Kailash

व्यवसायी, टयाक्टर सवारी धनी र चालकलाई ट्याक्टरहरूबाट हुने सवारी दुर्घटना, कारण र समाधानका उपायहरूबारे आवश्यक छलफल तथा अन्तरक्रिया सहित “ट्याक्टर बहस” कार्यक्रम गरिएको थियोे ।

मंगलसेन नगरपालिका वडा नम्बर ५ का अध्यक्ष झंकर प्रसाद भाट, जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरिक्षक ईनिस्पेक्टर टेक बहादुर देउवाको बिशेष उपस्थिति रहेको कार्यक्रमको सहजिकरण जिल्ला ट्राफिक कार्यालय अछामका निमित्त कार्यालय प्रमुख प्रहरी हवल्दार जयहरी चन्दले गर्नु भएको थियो ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.