राष्ट्रिय आराेग्य दिपस तथा धनवन्तरि जयन्ती मंगलसेनमा मनाईयाे
अछाम सदरमुकाम मंगलसेनमा राष्ट्रिय आराेग्य दिवस तथा धनवन्तरि जयन्ती २०७८ मनाईएकाे छ । जिल्ला आयुवेर्दिक स्वास्थ्य केन्द्र अछामको आयाेजनामा दिवस मनाईएकाे हाे ।
आयुवेर्द विकासको आधार, जनशक्ति विकास र पूर्वाधार भन्ने मुल नाराका साथ सञ्चालन भएको कार्यक्रममा आयुवेर्दिककाे महत्त्व, उत्पति, धनवन्तरिकाे परिचय लगायतका विषयमा जानकारी सहित छलफल गरिएको थियाे । पछिल्लो समय आयुवेर्दकाे महत्त्व वढ्दै गएकाे तर्फ सहभागिकाे जाेड थियाे ।
कार्यक्रममा अछामका प्रमुख जिल्ला अधिकारि रुद्र बहादुर मल्ल, स्वास्थ्य कार्यालय अछामका कार्यालय प्रमुख झनक राज ढुंगाना, जिल्ला आयुवेर्द स्वास्थ्य केन्द्रका कार्यालय प्रमुख दिपकराज पन्त, आयुवेर्दिक चिकित्सक डाक्टर श्रद्धा पाैडेल, रामाराेशन दैनिकका सम्पादक नरेश कुमार शाही, जिल्ला निर्वाचन कार्यालयका प्रमुख गजेन्द्र प्रकाश थारु, जिल्ला प्रशासन कार्यालयका नायव सुब्बा महानन्द जाेशि, घरेलु तथा साना उद्योग समितिका नायव सुब्बा प्रकाश उपाध्याय, मंगलसेन नगरपालिकाका याेजना शाखा प्रमुख नन्दराज ढुंगाना लगायतको उपस्थिति रहेकाे थियाे ।
राष्ट्रिय आराेग्य तथा धनवन्तरि दिवस देशैभर विभिन्न कार्यक्रम गरि मनाउने गरिन्छ ।
