मंगलसेन नगरपालिकाले गर्यो कार्यसम्पादनको सामाजिक परिक्षण

नगरपालिकाले स्वास्थ र शिक्षामा सुधार गर्न सके नगरकाे मुहार फेरिने साँसद बोगटीको भनाई

बिक्रम परियारः
मंगलसेन नगरपालिकाको सामाजिक परीक्षण प्रतिवेदन सार्वजनिक तथा छलफल कार्यक्रम मंगलसेनमा सम्पन्न भएको छ । नगरपालिकाकाे कार्यसम्पादनलाई सुधार गरि नागरिक मैत्री बनाउदै सेवा प्रवाहलाई थप प्रभावकारी, शुलभ, भरपर्दो र पार्दर्शि बनाउन सामाजिक परिक्षण गरिएकाे हाे ।

Samajik New Add 2082

मंगलसेन नगरपालिकाका प्रमुख पदम बहादुर बाेहराकाे अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि माननीय यज्ञ बाेगटी रहनुभएकाे थियाे । प्रमुख अतिथिकाे आशन बाट बाेल्दै बाेगटीले जनताकाे आर्थिक अबस्था छ, नगरमा नागरिककाे पहुचकाे अबस्थाकाे यथार्थ जानकारी लिन सामाजिक परीक्षण गर्नु परेकाे बताउदै हाल नगरमा भएकाे उपलब्धि र आगामि दिनमा सुधार गर्नुपर्ने कुराकाे ठाेस याेजना बनाई अघि बढे मात्रै सामाजिक परीक्षण सार्थक हुने बताउनुभयाे । उहाँले मंगलसेन नगरपालिका जिल्लाकाे सदरमुकाममा रहेकाे नगरपालिका भएकाले पनि यसकाे आकारमा परिवर्तन भएकाले नगरलाई आकर्षित गर्न सबै लाग्नु पर्नेमा जाेड दिनुभयो । मंगलसेन नगरपालिकाले स्वास्थ शिक्षामा सुधार गर्न सके मात्रै नगरकाे मुहार फेरिने उहाँले बताउनुभयाे । कार्यक्रममा मंगलसेन नगरपालिका उपप्रमुख सरीता उपाध्याय, प्रमुख प्रशासकिय अधिकृत खकेन्द्र बहादुर साेडारी, अछाम बहुमुखि क्याम्पस प्रमुख छत्र बिष्ट, सबै वडा अध्यक्षहरु, विषयगत शाखाका प्रमुखहरु, मालिका बिकास संघका कार्यक्रम संयाेजक रतन रावल, परिवर्तन परियाेजना समाजिक अधिकृत गाेपिसिँह नेपाली जिल्ला स्थित पत्रकारहरु लगाएत सराेकारवालाहरुकाे सहभागीता रहेकाे थियाे ।
नगर उपप्रमुख सरिता उपाध्यायकाे स्वागत मनतब्यबाट सुरु भएकाे कार्यक्रमकाे संचालन स्वास्थ्य शाखा प्रमुख मान बहादुर साेडारीले गर्नुभएकाे थियाे भने कार्यक्रमकाे सहजिकरण सामाजिक सहजकर्ता रतन रावलले गर्नुभएको थियाे ।

Leave A Reply

Your email address will not be published.