१८ औं गणतन्त्र दिवसकाे अवसरमा अछाममा प्रभातफेरी

Kirci Gyan Kendra

‎१८ औं गणतन्त्र दिवस अछाम सदरमुकाम मङ्गलसेनमा मनाईएकाे छ । जिल्ला स्तरीय गणतन्त्र दिवस समारोह समितिकाे आयाेजनामा प्रभातफेरी सहित दिवस मनाईएकाे हाे ।

Samajik New Add 2082

‎जिल्ला समन्वय समिति प्रमुख ललित बहादुर कुवराे अध्यक्षतामा भएको औपचारिक समारोहमा मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बाेहरा, प्रमुख जिल्ला अधिकारी आनन्द सारु, नेपाली काङ्ग्रेसका कार्यवाहक जिल्ला सभापति नयाँराम बजगाई, नेकपा एमालेका नगर कमिटी अध्यक्ष डम्मर रावलले मन्तव्य राख्नुभएको थियाे । वक्ताहरुले लामाे संघर्ष र बलिदानी पश्चात् प्राप्त गणतन्त्रको उपलब्धिहरुकाे रक्षा गर्दै अघि बढ्नुपर्नेमा जाेड दिएका थिए ।

Saud Agro Kailash

‎कार्यक्रममाजिल्ला समन्वय समिति उपप्रमुख दानमति शाही, मंगलसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगी, अछामका प्रहरी प्रमुख डिएसपी ईश्वरीप्रसाद भण्डारी लगायत सुरक्षा निकायका प्रमुख, विभिन्न सरकारी कार्यालयका प्रमुखहरु, कर्मचारी, शिक्षक, विद्यार्थी र सराेकारवालाकाे सहभागीता रहेको थियाे ।

कार्यक्रमकाे सञ्चालक मंगलसेन नगरपालिकाका प्रशासकीय अधिकृत खकेन्द्र बहादुर साेडारीले गर्नुभएको थियाे ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.