
नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा सुदूरपश्चिम प्रदेश भूगोल, युवा तर्फबाट डि. बि. साउद केन्द्रीय कमिटी सदस्य पदका उम्मेदवार बनेका छन् ।


पार्टी संगठन निर्माण, विचार प्रवर्द्धन तथा जनसम्पर्कमा लामो समयदेखि सक्रिय रहँदै आएका युवा नेता साउदले युवाको सशक्त प्रतिनिधित्व गर्दै केन्द्रीय तहमा सुदूरपश्चिम प्रदेशको आवाज बुलन्द बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । पार्टीप्रति निष्ठा, इमानदार नेतृत्व र संगठनप्रतिको समर्पणका कारण उनलाई सुदूरपश्चिमका युवा नेता तथा कार्यकर्ताहरूको साझा उम्मेदवारका रूपमा अघि सारिएको हो ।
महाधिवेशन प्रतिनिधिहरू माझ युवा नेता साउदले आफुलाई अत्यधिक मतका साथ विजयी गराउन समर्थक, शुभेच्छुक तथा पार्टी कार्यकर्ताहरूले अपिल गरेका छन् । आफु निर्वाचित भएमा युवाको सहभागिता, संगठन सुदृढीकरण र पार्टीको वैचारिक एकतालाई थप मजबुत बनाउने उनले बताए ।
नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनले पार्टीको आगामी नेतृत्व, नीति तथा कार्यदिशा तय गर्ने भएकाले यसलाई ऐतिहासिक र महत्वपूर्ण महाधिवेशनका रूपमा लिइएको छ ।

