प्रगतिशील लोकतान्त्रिक पार्टीको केन्द्रीय कमिटी बैठक: निर्वाचन सुधारदेखि भ्रष्टाचारविरुद्ध कडा कदमको १५ बुँदे प्रस्ताव पारित

Kirci Gyan Kendra

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीको केन्द्रीय समितिको पहिलो पूर्ण बैठक काठमाडौंमा सम्पन्न भएको छ । बैठकले देशको समसामयिक राजनीति, लोकतन्त्र सुदृढीकरण, निर्वाचन सुधार, सुशासन र जनजीविकासँग प्रत्यक्ष जोडिएका विषय समेट्दै १५ बुँदे महत्वपूर्ण प्रस्ताव पारित गरेको छ ।

Samajik New Add 2082

बैठकले नेपालको राजनीतिक परिवर्तनका क्रममा भएका विभिन्न आन्दोलन तथा विशेषतः जनआन्दोलनका सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै तिनबाट प्राप्त प्रेरणालाई आगामी राजनीतिक यात्राको आधार बनाउने प्रतिबद्धता जनाएको छ ।

निर्वाचन सुधार र नागरिक अधिकारमा जोड:
‎आगामी निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र धाँधलीरहित बनाउन राज्य संयन्त्र सक्रिय हुनुपर्ने बैठकको निष्कर्ष छ । विदेशमा रहेका नेपाली नागरिकलाई मतदान अधिकार सुनिश्चित गर्नुपर्ने, साथै आफ्नो निर्वाचन क्षेत्रबाहिर रहेका मतदाताले पनि मतदान गर्न पाउने व्यवस्था गर्नुपर्ने माग बैठकले अघि सारेको छ ।

१८ वर्ष पूरा गरेका नागरिकलाई उम्मेदवार बन्न पाउने संवैधानिक अधिकार कार्यान्वयन गर्न कानुनी स्पष्टता आवश्यक रहेको पार्टीको ठहर छ ।
भ्रष्टाचारविरुद्ध कडा नीति:
लोकतन्त्रको आवरणमा मौलाएको भ्रष्टाचार, निरंकुशता र बेथितिविरुद्ध कठोर कदम चाल्नुपर्ने बैठकको निष्कर्ष छ । भ्रष्टाचारमा संलग्न व्यक्ति र समूहलाई आगामी निर्वाचनमा उम्मेदवार बन्न अयोग्य ठहर गर्नुपर्ने तथा भ्रष्टाचारबाट आर्जित सम्पत्ति राज्यको स्वामित्वमा ल्याउनुपर्ने प्रस्ताव पारित गरिएको छ ।

‎भ्रष्टाचार नियन्त्रणका लागि सशक्त र स्वतन्त्र निकाय गठन गरी दोषीमाथि कडा कारबाही गर्न सरकारसँग माग गरिएको छ ।

मानवअधिकार र सामाजिक न्याय:

Saud Agro Kailash

महिला हिंसा, दलित तथा जातीय विभेदका घटनालाई गम्भीर मानवअधिकार उल्लंघनको रूपमा लिई संलग्नमाथि कडा कानुनी कारबाही गर्नुपर्ने र पीडितलाई न्याय सुनिश्चित गर्नुपर्नेमा बैठकले जोड दिएको छ ।

विपद्, श्रमिक र सहकारी पीडितप्रति ध्यान:

हरेक वर्ष मनसुनका कारण हुने जनधनको क्षतिप्रति सरकार गम्भीर नभएको उल्लेख गर्दै पार्टीले प्रभावितलाई तत्काल राहत र दीर्घकालीन समाधानको माग गरेको छ । खाडी मुलुकलगायत विदेशमा कार्यरत नेपाली श्रमिकको सुरक्षा, रोजगारी र उद्धारका लागि सरकार सक्रिय हुनुपर्ने बैठकको ठहर छ ।

सहकारी पीडितको बचत रकम तत्काल फिर्ता गर्न र राजनीतिक संरक्षणमा रहेका दोषीमाथि कानुनी कारबाही गर्न पनि पार्टीले माग गरेको छ ।

खेलकुद र राष्ट्रिय गौरव:

‎बैठकले नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि विजेता लुम्बिनी लायन्स तथा उपविजेता सुदूरपश्चिम रोयल्सलाई बधाई दिँदै नेपाली क्रिकेटको भविष्य उज्ज्वल हुने विश्वास व्यक्त गरेको छ ।

व्यापक राजनीतिक सहकार्यको आह्वान:

समसामयिक राजनीतिक पुनर्संरचना, सुशासन र समावेशी लोकतन्त्र निर्माणका लागि प्रगतिशील, लोकतान्त्रिक र समाजवादी शक्तिहरूबीच व्यापक सहकार्य र संयुक्त आन्दोलन आवश्यक रहेको निष्कर्ष बैठकले निकालेको छ ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.