अछाम: मंगलसेन नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को श्रावणदेखि मंसिरसम्म पाँच महिनाको अवधिमा कुल २८ लाख २ हजार ४३९ रुपैयाँ ९३ पैसा राजस्व संकलन गरेको छ ।

नगर कार्यपालिकाको कार्यालय मंगलसेनले सार्वजनिक गरेको विवरण अनुसार कुल संकलनमध्ये सबैभन्दा ठूलो हिस्सा नगरपालिकाको केन्द्रीय प्रणालीबाट उठेको छ। कार्यालयले मात्रै २२ लाख ८८ हजार ५०८ रुपैयाँ ९३ पैसा राजस्व संकलन गरेको जनाएको छ ।
वडागत राजस्व संकलन विवरण:
नगरपालिकाभित्रका १४ वटै वडा कार्यालयबाट पनि फरक–फरक मात्रामा राजस्व संकलन भएको छ।
वडा नं. १ : ३८,३७१ रुपैयाँ
वडा नं. २ : ६,५५० रुपैयाँ
वडा नं. ३ : ५०,८३७ रुपैयाँ
वडा नं. ४ : ४१,८१३ रुपैयाँ
वडा नं. ५ : १,००,१५० रुपैयाँ
वडा नं. ६ : २,७०० रुपैयाँ
वडा नं. ७ : १०,२०० रुपैयाँ
वडा नं. ८ : २१,००० रुपैयाँ
वडा नं. ९ : ३०,७०० रुपैयाँ
वडा नं. १० : ३०,८०० रुपैयाँ
वडा नं. ११ : २१,७०० रुपैयाँ
वडा नं. १२ : ३७,२०० रुपैयाँ
वडा नं. १३ : ७२,९७० रुपैयाँ
वडा नं. १४ : ४८,९५० रुपैयाँ
नगरपालिकाका अनुसार संकलित राजस्व स्थानीय सेवा प्रवाह, विकास निर्माण, पूर्वाधार तथा प्रशासनिक कार्यमा खर्च गरिन्छ । नगरपालिकाले आगामी दिनमा राजस्व संकलन प्रणालीलाई अझ व्यवस्थित र प्रभावकारी बनाउने लक्ष्य लिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर साेडारीले बताउनुभयो ।