
अछाम: अछामको मङ्गलसैन नगरपालिकामा पाँचौँ राष्ट्रिय ज्येष्ठ नागरिक दिवस विविध कार्यक्रमका साथ मनाइएको छ। नगरपालिकाको आयोजनामा सम्पन्न कार्यक्रममा नगर क्षेत्रका ज्येष्ठ नागरिकहरूको उल्लेख्य सहभागिता रहेको थियो।


कार्यक्रममा ज्येष्ठ नागरिकहरूको सम्मान गर्दै उनीहरूको हक–अधिकार, स्वास्थ्य, सामाजिक सुरक्षा तथा सम्मानजनक जीवनयापनका विषयमा चर्चा गरिएको थियो। सहभागी ज्येष्ठ नागरिकहरूले राज्य र स्थानीय तहले प्रदान गर्दै आएका सेवा–सुविधालाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याएका थिए।
कार्यक्रममा सहभागी नगर उपप्रमुख संगिता कुमारी रावल र वडा नम्बर ५ का अध्यक्ष झंकर प्रसाद भाट लगायतले नगरपालिकाले ज्येष्ठ नागरिकहरू समाजका अनुभव र ज्ञानका धरोहर भएको उल्लेख गर्दै उनीहरूको संरक्षण, सम्मान र सहभागितालाई प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन। आगामी दिनमा ज्येष्ठ नागरिक लक्षित कार्यक्रमहरू थप सशक्त बनाउने प्रतिबद्धता पनि व्यक्त गरिएको थियो।
कार्यक्रमको अन्त्यमा सामूहिक तस्बिर खिच्दै दिवसको औपचारिक समापन गरिएको थियो।

