मिर्गौलाको ‘मौन संकट’ : बिग्रदो जीवनशैली कि हेलचेक्य्राइँको परिणाम ?

Kirci Gyan Kendra

कृष्णा चौलागाई
काठमाडौं । शरीरको ‘प्राकृतिक फिल्टर’ मानिने मिर्गौला मानिसकै लापरबाहीका कारण जोखिममा पर्ने गरेको छ । मिर्गौला रोगको लहरले नेपालीलाई पनि नराम्ररी गाँजेको छ ।

Samajik New Add 2082

विडम्बना त के छ भने रोग लाग्नुका कारण थाहा पाउँदा पाउँदै पनि हामी आफ्नै जीवनशैली सुधार्न चुकिरहेका छौँ ।

स्वास्थ्यलाई गौण र व्यस्ततामा प्राथमिकता दिँदा झन्डै ३० लाख नेपाली मिर्गौलाको समस्यासँग जुधिरहेको अनुमान छ । यो हाम्रो खानपान र निस्क्रिय दिनचर्याले निम्त्याएको गम्भीर रोग हो ।

मिर्गौला रोग विशेषज्ञ डा. ऋषि काफ्लेका अनुसार, जंक फूडको अत्यधिक सेवन, प्रशोधित खानेकुरा, शारीरिक व्यायामको कमीले मिर्गौलामा प्रत्यक्ष नकारात्मक असर पारिरहेको छ ।
मानिसलाई पानी पिउनुपर्छ भन्ने त थाहा छ, तर स्वस्थ मानिसले दैनिक कम्तीमा दुई लिटर पिसाब फेर्नुपर्ने गरी पानी पिउनुपर्छ भन्ने चेतनाको अझै अभाव छ ।

मधुमेह र उच्च रक्तचाप : सुस्त हत्यारा

विशेषगरी मधुमेह र उच्च रक्तचाप नियन्त्रणमा नराख्दा दीर्घकालीन रूपमा मिर्गौला बिग्रिने जोखिम अत्यधिक हुन्छ । व्यस्त जीवनशैलीका कारण शारीरिक व्यायाम नगर्ने तथा खानपानमा पनि ख्याल नगर्दा मिर्गौला रोग लाग्छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, सरकारी अस्पतालहरूमा डायलाइसिस सेवाका लागि आउने बिरामीको संख्या वर्षेनी बढ्दो छ । ग्रामीण क्षेत्रमा समयमै रोग पत्ता नलाग्नु र उपचारमा ढिलाइ हुनु अर्को चुनौती बनेको छ । सरकारले डायलाइसिस सेवा विस्तार र जनचेतना अभिवृद्धिका कार्यक्रम सञ्चालन गरिरहेको छ ।

तर, दीर्घकालीन समाधान गर्न रोकथाममुखी नीति र स्वस्थ जीवनशैली प्रवद्र्धनमा जोड दिनु आवश्यक भएको डा. काफ्ले बताउँछन् ।

उनी भन्छन्, ‘‘समयमा स्वास्थ्य परीक्षण नगर्ने जब मिर्गौला बिग्रेपछि मात्र उपचारमा आउने हुँदा मृर्गौलाले कामै गर्दैन ।’’

नेपालमा यति नै संख्यामा मिर्गौला रोगी छन् भन्ने तथ्यांक छैन । डा. काफ्लेका अनुसार, नेपालमा पनि करिब ३० लाख नागरिकमा मिर्गौला समस्या छ । प्रत्येक वर्ष ४ हजार रोगीको दैनिक मृगौैला डायलेसिस वा प्रत्यारोपण गर्नुपर्ने बिरामी बढिरहेका छन् ।

Saud Agro Kailash

बालबालिकामा पनि मिर्गौला रोग बढ्दो छ । डा. काफ्लेका अनुसार, दुधे बालबालिकामा समेत रोग लागेको पाइन्छ । पेटमा बच्चा हुर्कदै गर्दा आमाले पौष्टिक आहार तथा स्वस्थ्य जीवनशैली नअपनाउँदा बच्चाको मिर्गौला बिग्रिन्छ । यदि बच्चा जन्मिदा हुनुपर्ने ओजन नभएमा पनि बच्चामा मिर्गौला बिग्रने हुनसक्ने उनको भनाइ छ ।

रेमिट्यान्ससँगै रोगी पनि भित्रिँदै

विदेशमा अध्ययन तथा काम गर्न जानेमा पनि मिर्गौला रोगको जोखिम बढ्दो छ । खाडीमा मात्र होइन, विकसित मुलुक जानेमा समेत यो रोग बढेको छ । स्वास्थ्य बिमा भएका मुलुकमा पनि समय–समयमा स्वास्थ्य जाँच गर्ने बानीको विकास नभएको बताउँछन् ।

साथै, उनी सरकारले निरोगीले स्वास्थ्य जाँच गर्नुपर्छ भन्ने जनचेतना फैलाउन नसकेको बताउँछन् । मन्त्रालय तथा स्वास्थ्य विभागसँग विदेशबाट फर्किएका मिर्गौलाका बिरामी कति छन् भन्ने तथ्याङ्क छैन । तर, चिकित्सकका अनुसार, उपचारमा आएका पाँच जनामध्ये तीनजना वैदेशिक रोजगारीबाट फर्किएका बिरामी हुने गरेको बताउँछन् ।

वैदेशिक रोजगार बोर्डले सार्वजनिक गरेको तथ्याङ्क अनुसार, २०८१/०८२ मा विभिन्न देशमा गएर मिर्गौलाका बिरामीको संख्या बढ्दो छ । मृत्यु हुनेको संख्या पनि बढेको छ । विदेशमै मिर्गौला रोगका कारण मृत्यु हुनेको संख्या बढ्दै गएका छन् ।

नेपाल श्रम आप्रवासन प्रतिवेदनका अनुसार विदेशमा नेपालीहरुमा मिर्गौला रोग बढेको पाइएको छ । वैदेशिक रोजगारीमा रहेका नागरिक मिर्गौला रोग लाग्नुका कारण दीर्घकालीन वा दोहोरिने तातो प्रभाव, कठिन श्रम र कम पानी पिउनु मिर्गौला रोग उत्पन्न गरेको देखाएको छ ।

गन्तव्य देशमा महँगो स्वास्थ्य सेवा हुँदा स्वास्थ्य जाँच नगर्दा बिरामीको संख्या बढेको छ । प्रतिवेदनमा उल्लेख छ, ‘‘विश्वको ज्वलन्त भविष्य नेपाली श्रमिकहरूको क्षतिग्रस्त मिर्गौलामा अंकित छ ।’’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, चालु आर्थिक वर्ष २०८१/०८२ को मिर्गौला प्रत्यारोपणसहित औषधि उपचारमा १० हजार ३ सय २ जनाले सेवा लिएका थिए । जसमध्ये २ सय ४ जनाले मिर्गौला प्रत्यारोपण गरेका थिए ।
हेमोपडायलासिसमा ८ हजार ७ सय ६४ जना छन् भने ३ सय ९९ जनाले पेरिटोनियल डायलासिस गरेका थिए ।

अघिल्लो आर्थिक वर्ष अर्थात् (आर्थिक वर्ष २०८०/०८१) मा मिर्गौलाका बिरामी ९ हजार १ सय ७६ जना थिए । आर्थिक वर्ष २०७९/०८० मा ८ हजार ८ सय १३ मिर्गौलाका बिरामी थिए । यो संख्या हेर्दा वर्षेनी मिर्गौलाका बिरामी बढेको पाइएको छ ।

चिकित्सकहरू नियमित स्वास्थ्य परीक्षण, सन्तुलित आहार, प्रशस्त पानी सेवन, धूम्रपान र मदिरा त्याग तथा दैनिक व्यायामलाई प्राथमिकता दिन सुझाव दिन्छन् ।

प्रारम्भिक चरणमै रोग पहिचान भएमा मिर्गौला क्षति रोक्न वा ढिलो गर्न सकिने उनीहरूको भनाइ छ । यदि मिर्गौला रोगी घटाउने हो भने स्वस्थ्य व्यक्तिले पनि बेला–बेलामा स्वास्थ्य जाँच गर्नुपर्छ । त्यस्तै मिर्गौलामा समस्या सुरु भएका तीन लाख जनताको अवस्था बुझेर उनीहरूको उपचार सुरु गर्नुपर्ने हुन्छ ।

त्यस्तै पानी पिउनुपर्छ मात्र नभनेर दिनमा दुई लिटर पिसाब पनि फेर्नुपर्छ भनी आमनागरिकलाई सिकाउनुपर्ने चिकित्सकको भनाइ छ । -barakhari

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.