आजबाट राष्ट्रिय जनगणना सुरु हुदै, अछाममा ३ सय २ जना गणक खटिए
अछाम, २५कार्तिक ।

आजबाट राष्ट्रिय जनगणना २०७८ को मुल गणना कार्य सुरु हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहान ९ बजे आफ्नो परिवारको बिवरण टिपोट गराएर जनगणनाको मुल गणना कार्य सुरु गरिने भएको हो ।
यसै सन्दर्भमा अछाम जिल्लामा पनि राष्ट्रिय जनगणना २०७८ को मुल गणनाका लागी सम्पूर्ण तयारी पुरा भएको छ । बिहान साढे ७ बजे मंगलसेन नगरपालिकाका नगरप्रमुख पदमबहादुर बोहराको घरबाट र संस्थागत तर्फ जिल्ला प्रशासन कार्यालयमा प्रमुखजिल्ला अधिकारी रुद्र बहादुर मल्लबाट बिवरण लिएर गणना सुरु गरिने जिल्ला जनगणना अधिकारी प्रकाश बिष्टले बताउनुभयो । मुल गणनाका लागी जिल्लाका १० वटै स्थानिय तहका लागी ३ सय १ जना गणक खटाईएको बिस्टले बताउनुभयो ।
मुल गणनाका लागी प्रति परीवारलाई ५५ वटा प्रश्न सोधिने बताइएको छ । अछाममा जनगणनालाई सुब्यवस्थित पार्नका लागि १० वटै स्थानीय तहलाई मध्यनजर गरेर ५ स्थानमा स्थानीय जनगणना कार्यालय समेत सञ्चालनमा रहेका छन ।