मंगलसेन–१४ मा विपन्न महिलाका लागि व्यवसायिकता विकास तालिम: बिउपुजी अनुदान पनि दिईने

Kirci Gyan Kendra

मंगलसेन, ३ बैशाख:- मंगलसेन नगरपालिका–१४ मा बहुविपन्न तथा सीमान्तकृत महिलाहरूको आयआर्जन वृद्धि र सीप विकास गर्ने उद्देश्यले व्यवसायिकता विकास तालिम सञ्चालनमा आएको छ। मालिका सामुदायिक सिकाइ केन्द्रको आयोजना तथा मंगलसेन नगरपालिकाको सहयोग र साझेदारीमा तालिम सुरु गरिएको हो।

Samajik New Add 2082

सिकाइ केन्द्रका अध्यक्ष होम बहादुर साउदको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा नगर प्रमुख पदम बहादुर बोहराले प्रमुख अतिथिका रूपमा सहभागिता जनाउनुभयो। कार्यक्रममा बोल्दै उहाँले महिलाहरू अझै पनि अवसरबाट वञ्चित रहेको उल्लेख गर्दै आयआर्जनमूलक कार्यमा सक्रिय हुन आग्रह गर्नुभयो। सानो लगानीबाटै व्यवसाय सुरु गरेर सफल उद्यमी बन्न सकिने बताउँदै तालिमबाट सिकेका ज्ञान र सीपलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिनुभयो।

उपप्रमुख संगिता कुमारी रावलले तालिमले विपन्न महिलाहरूको जीविकोपार्जन सुधारमा टेवा पुग्ने विश्वास व्यक्त गर्दै सिकाइ केन्द्रमार्फत उपलब्ध हुने बिउपूँजी अनुदानको सदुपयोग गरी आत्मनिर्भर बन्न आग्रह गर्नुभयो।

Saud Agro Kailash

वडा नम्बर १४ का अध्यक्ष शिव बहादुर सोडारीले तालिम र अनुदानका लागि अवसरबाट वञ्चित तथा अति विपन्न महिलाहरूलाई प्राथमिकताका साथ छनोट गरिएको जानकारी दिनुभयो।

कार्यक्रममा महिला, बालबालिका तथा समाजकल्याण शाखा प्रमुख मञ्जु महतले तालिमको उद्देश्य, आवश्यकता र अपेक्षित उपलब्धिबारे जानकारी दिनुभएको थियो। स्वास्थ्य चाैकी कालागाउका ईञ्चार्ज मान बहादुर साेडारी अतिथि रहनुभएकाे कार्यक्रममा  सिकाइ केन्द्रका सदस्य तथा तालिम संयोजक कमल बहादुर थापाले स्वागत मन्तव्य राख्नुभएको थियोे भने सञ्चालन सहजकर्ता श्रीया जैगडीले गर्नुभएको थियो।

तालिममा वडा नम्बर १४ का १२ जना बहुविपन्न महिलाहरूको सहभागिता रहेको छ। यसअघि वडा नम्बर १ मा पनि १३ जना महिलाका लागि सोही प्रकृतिको तालिम सञ्चालन गरिसकिएको आयोजकले जनाएको छ।

तालिम सम्पन्न भएपछि दुवै वडाका कुल २५ जना महिलालाई स्वरोजगारमूलक व्यवसाय सुरु गर्न सहयोग पुग्ने गरी जनही २६ हजार रुपैयाँका दरले बिउपूँजी अनुदान प्रदान गरिने कार्यक्रम रहेको सिकाइ केन्द्रले जनाएको छ।

 

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.