अर्घाखाँचीका एक युवाले बनाए विद्युतीय मोटरसाइकल

Kirci Gyan Kendra

अर्घाखाँचीका एक युवाले विद्युतबाट चल्ने मोटरसाइकल बनाएर बिहीवार सार्वजनिक प्रदर्शन गरेका छन् । जिल्लाको सन्धिखर्क नगरपालिका–१, पाणिनीचोक निवासी १८ बर्षीय सागर पोखरेलले ४५ देखि ५० को किमी गतिमा चल्ने विद्युतीय मोटरसाइकल बनाएर विहिबार सन्धिखर्कको टुँडिखेलमा भव्य समारोहका बिच प्रदर्शन गरे ।

Samajik New Add 2082

प्रदर्शन कार्यक्रममा सन्धिखर्क नगरपालिकाका मेयर कमलप्रसाद भुसाल लगायतका जनप्रतिनिधि, विभिन्न सरकारी निकायका प्रमुख तथा संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुले स्वतःस्फूर्त प्रतिभाका धनी पोखरेलको प्रशंंसा गरेका थिए । पोखरेलले ७ सय ५० वार्ड क्षमताको मोटर प्रयोग गरी मोटरसाइकल तयार गरेको र आरपिएम ४५० प्रतिमिनेट क्षमताको रहेको बताए । उनले गत एक बर्षदेखि विभिन्न सामग्री प्रयोग गरी मोटरसाइकल बनाउन सिकेको र धेरैपटक बनाउँदै बिगार्दै गरेर अभ्यस्त भएको सुनाए ।

Saud Agro Kailash

उनी हाल बुटवलको देवीनगरचोकस्थित नविन औद्योगिक केदारबहादुर रिता सेकेन्डरी हाईस्कुलमा कक्षा १२ मा ओभरसियर पढ्दैछन् । यसअघि छत्रदेव गाउँपालिका–७, भुस्खतास्थित सरस्वती माविमा कक्षा ९ र १० मा ओभरसियर पढ्न सुरु गरेका थिए ।

पछिल्लो चरण दशैं तिहारको विदामा घर आएको बेला निरन्तर लागी परेर मोटरसाइकल तयार गर्न सकेको बताउने उनी, सरकारी निकाय वा कुनै संघ संस्थाले सहयोग गरेमा व्यवसायिक रुपमा यस्तो प्रविधिको मोटरसाइकल उत्पादन गरेर बजारमा लैजान सक्ने बताउँछन् ।

सागरले सानैदेखि एक्साभेटर, रोवर्ड, भ्याकुम क्लिनर, पावर प्लान्ट, फ्रिज लगायतका ईलोक्ट्रोनिक सामग्री बनाउँदै आएको सुनाए । उनका बाबु अनन्तमणि पोखरेलले छोराले सानैदेखि सिर्जनशील काम गर्न रुची राख्दै आएको बताए ।
-ratopati

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.