नेकपा (एस) तुर्माखाद-७ तोषिको वडा अध्यक्षमा चलाउने चयन

नेपाल कम्युनिष्ठ पार्टी (एकीकृत समाजवादीको) तुर्माखाद गाउँपालिका -७ को तोषिमा वडा कमिटी गठन गरिएको छ । शेरबहादुर चलाउनेको अध्यक्षतामा १९ सदस्यीय वडा कमिटी गठन गरिएको छ । कमिटीको उपाध्यक्षमा काशी दास , सचिव भुमिनन्द जैशी , उपसचिव पुर्ण बहादुर चलाउने चयन भएका छ्न । अगुवा नेता भुमिनन्द जैशिको अध्यक्षतामा भएको प्रथम भेलाका प्रमुख अतिथी नेपाल कम्युनिष्ठ पार्टी (एकीकृत समाजवादीका) जिल्ला कमिटी अध्यक्ष हिरण्ड भट्टराई रहनुभएको थियो। भेलालाई सम्बोधन गर्दै जिल्ला कमिटी अध्यक्ष भट्टराईले केपि शर्मा ओलिको प्रतिगमनका विरुद्ध पार्टीमा बिद्रोह भको बताउनुभयो । उहाँले नेपाली जनताले नेकपालाई दिएको दुई तिहाई बहुमत केपी ओलिको गलत प्रवृत्तिका कारण समाप्त भएको ठोकुवा समेत गर्नुभयो ।
प्रथम भेलामा जिल्ला कमिटी उपाध्यक्ष योगेन्द्र बिष्ट, उपसचिव डवल चलाउने, सचिवालय सदस्य, एवम् तुर्माखाद गाउँपालिका ईन्चार्ज कुलबहादुर शाही, जिल्ला कमिटी सदस्य, पन्चदेवल बिनायक गाउँ कमिटी अध्यक्ष ललित शाही, जिल्ला कमिटी सदस्य करुणाकर देवकोटा, लिला न्यौपाने, उपेन्द्र नेपाली लगायतको सहभागिता रहेको थियो । भिमबहादुर चलाउनेले स्वागत मन्तव्य मन्तव्य राख्नुभएको कार्यक्रम सन्चालन मायाराम उपाध्यायले गर्नुभएको थियो ।

Samajik New Add 2082
Leave A Reply

Your email address will not be published.