मंगलसेन नगरपालिका स्थित सहकारीहरुको वार्षिक समिक्षा गरियो
मंगलसेन नगरपालिकाकाे नियामक क्षेत्रभित्र पर्ने तथा मंगलसेन नगरपालिकामा कार्यक्षेत्र क्रियाशल रहेका सहकारीहरुको आ व २०७७।०७८ को वार्षिक समिक्षा गोष्टी मंगलसेनमा सम्पन्न भएको छ । जिल्ला वचत तथा ऋण सहकारीको सहजिकरण तथा मंगलसेन नगरपालिकाको सहयोगमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा उपस्थित सहकारी संस्थाका संचालक तथा व्यवस्थापकहरुले आआफ्नाे संस्थाको संक्षिप्त विवरण प्रस्तुत गर्नभएको थियो । कार्यक्रममा वोल्दै नगर प्रमुख पदम बहादुर वोहराले सरकारको तिन खम्मे अर्थनितीको रुममा रहको सहकारी क्षेत्रलाई अगाडी वढाउन आफु जस्तो सुकै भूमिका निर्वाह गर्न तयार रहेको वताउनु भयो । उहाले सहकारी डिभिजन मार्फत स्थानिय तहमा सहकारी हस्तान्तरण गरेको लामो समय हुँदापनि पालिकामा दक्ष जनशक्ति अभावमा सहकारी क्षेत्र अगाडी नवढेको वताउँदै अव सहकारी क्षेत्रले निकै फड्को मार्नेमा आशावादी रहेको समेत वताउनु भयो ।
उक्त कार्यक्रमा नगरपालिकाका सहकारी शाखा प्रमुख बिष्णु प्रसाद जैसीले सहकारी क्षेत्रका प्राविधिक समस्याहरु समाधानको लागि लागि पर्ने वताउदै केही अनियमित सहकारीले गर्दा समाजमा सहकारीले आफ्नो विश्वास समेत गुमाएको भन्दै आगामी दिनमा सहकारीले पनि आफ्नो नियमित दायित्व पुरा गरी सहकारीहरु संग गुमेको विश्वास फर्काउनु पर्ने वताउनु भयो ।
कार्यक्रमा सहभागी संस्थाहरुको तर्फ वाट नवविस कृषि सहकारीका व्यवस्थापक पुष्प के सी ले आफ्नो भनाई राख्दै डिभिजन सहकारीको खारेजी पश्चात अभिभावक विहिन वन्न पुगेका सहकारीहरुको अभिभावकत्व नगरपालिकाले गरेकोमा पालिकालाई धन्यवाद दिनु भयो । सोही क्रममा मंगलसेन महिला वहुउद्धेशिय सहकारी संस्थाका अध्यक्ष मनकला न्यौपानेले सकारात्मक कार्यको थालनी गरेकोमा नगरपालिकालाई धन्यवाद दिदै सहकारीहरुले पनि आफ्ना गतिविधिहरुलाई सुधार गर्नपर्ने र सहकारी क्षेत्रलाई अघी वढाउन आफु व्यक्तिगत रुपमा पनि प्रतिवद्ध रहेको कुरा वताउनु भयो । जिल्ला वचत तथा ऋण सहकारी संघका अध्यक्ष चन्द्र प्रसाद भण्डारीको अध्यक्षतामा भयको कार्यक्रममा मंगलसेन नगरपालिकाका प्परमुख दम बहादुर वोहरा प्रमुख अतिथि रहनुभएकाे थियाे भने अतिथिमा मंगलसेन नगरपालिकाका सहकारी शाखा प्रमुख विष्णु जैसी र मंगलसेन नगरपालिका स्थित सहकारी संस्थाहरुको उपस्थिति रहेको थियोे । कार्यक्रमको संचालन जिल्ला सहकारी संघका अध्यक्ष अम्मर न्यौपानेले गर्हनुभएकाे थियो ।

