नेकपा माओबादि केन्द्र देशकै ठुलो पार्टी हुनेः प्रदेश अध्यक्ष भण्डारी

नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य एबम सुुदुरपश्चिम प्रदेश कमिटी अध्यक्ष सरदसिंह भण्डारीले नेकपा माओबादि केन्द्र देशकै ठुलो पार्टी हुने बताउनुभएको छ । नेकपा माओबादी केन्द्र कमलबजार नगर कमिटिले गरेको पत्रकार संम्बेलनमा बोल्दै नेता भण्डारीले सो कुरा बताउनुभएको हो ।

Samajik New Add 2082

देशको आमूल परीवर्तन नेकपा माओबादीले गरेकाले भन्दै भण्डारीले अब हुने निर्बाचनमा जनताले माओबादी केन्द्रलाई रोज्ने बिचार ब्यक्त गर्नुभयो । २०६४ पछि अछाममा माओबादी कमजोर भएको बताउदै उहाँले आगामि दिनमा संगठन बिस्तार गरी पहिलेकै अवस्थामा पुुर्याउने नयाँ खाका तयार भएको उल्लेख गर्नुभयो । एमाले अध्यक्ष केपि शर्मा वली सरकारमा हुदा सबै भन्दा बढी भ्रष्टचार मौलाएको समेत उहाँले गिकिर गर्नुभयो ।

कमलबजार नगर कमिटिका नवर्निबाचित अध्यक्ष खडग भण्डारीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा नेकपा माओबादी केन्द्रका प्रदेश कमिटि सदस्य बम बहादुर रावत, कमलबजार नगर ईञ्चार्ज रण बहादुर बिष्ट लगाएतको सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.