कांग्रेस महाधिवेशन: २९ वटा मतपत्र, भोट खसाल्न एक घन्टा लाग्ने!

नेपाली कांग्रेसले पार्टीको १४ औं महाधिवेशनमा कागजी मतपत्र नै प्रयोग गर्ने भएको छ। सूचना, सञ्चार तथा प्रचार विभागले इलोक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गर्न सुझाव दिए पनि कागजी मतपत्र नै प्रयोग हुने देखिएको छ।

Samajik New Add 2082

प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार प्रदेश अधिवेशनपछि इलोक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गर्नेबारे एकपटक पार्टीमा छलफल गरिने बताए। ‘इलोक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गर्न विभागले पार्टीमा प्रस्ताव पेश गरेको छ। प्रदेश अधिवेशनपछि यसबारे एकपटक फेरि छलफल पनि गर्छौं,’ उनले भने, ‘कागजी मतपत्र नै प्रयोग हुने सम्भावना धेरै छ।’

कांग्रेस महाधिवेशनमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, ८ सहमहामन्त्री र १३५ केन्द्रीय सदस्यका लागि निर्वाचन हुनेछ। एक कोषाध्यक्ष र ३३ जना केन्द्रीय सदस्य मात्रै मनोनित हुने व्यवस्था छ। कांग्रेसले भुकुटीमण्डप, राष्ट्रिय सभागृह र नेपाल पुलिस क्लवमा मतदान स्थल बनाउने तयारी गरेको छ। महाधिवेशन यही मंसिर २४ गतेदेखि २७ गतेसम्म चल्नेछ। मंसिर २५ मा उम्मेदवारहरूको मनोनयन दर्ता गर्ने निर्वाचन कार्यतालिका छ।

‘२९ वटा मतपत्र हुने भएकोले एकै व्यक्ति (महाधिवेशन प्रतिनिधि) लाई मतदान गर्न करिब एक घन्टा लाग्न सक्छ,’ प्रवक्ता शर्माले भने। कांग्रेसमा चार हजार बढी महाधिवेशन प्रतिनिधिहरू हुन्छन्। १६५ निर्वाचन क्षेत्रबाट २६ जनाका दरले महाधिवेशन प्रतिनिधि आउँछन्। यस्तै केन्द्रीय सदस्य तथा पदाधिकारीहरू स्वत: महाधिवेशन प्रतिनिधि हुन्छन् भने विदेशस्थित जनसम्पर्क समिति र भातृ संस्थाबाट पनि महाधिवेशन प्रतिनिधिहरू हुन्छन्।

कांग्रेसले नेपाली राहदानीबहाकलाई मात्रै विदेशस्थित जनसम्पर्क समितिबाट महाधिवेशन प्रतिनिधिमा आउन दिने भएको छ। नेपाली नागरिकता त्यागेर कुनै अन्य देशको नागरिकता तथा राहदानी लिइसकेकाहरू जनसम्पर्क समितिमार्फत् महाधिवेशन प्रतिनिधि आउन पाउने छैनन्। कांग्रेसले ‘उत्साह, एकता र रूपान्तरण, सफल बनाऔं नेपाली कांग्रेसको १४ औं महाधिवेशन’ भन्ने नारा पनि तय गरेको छ।

-setopati

Leave A Reply

Your email address will not be published.