माओवादी केन्द्रको ढकारीमा विस्तारित बैठक सम्पन्न

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को ढकारी गाउँपालिकाको बिस्तारित बैठक शुक्रबार ढकारीमा सम्पन्न भएको छ । नृप बहादुर थापाको अध्यक्षतामा भएको विस्तारित बैठकमा नेकपा माओवादी केन्द्रका सुदुरपश्चिम प्रदेस कमिटी सदस्य बम बहादुर रावत प्रमुख अतिथि रहनु भएको थियो ।

Samajik New Add 2082

नेता रावतले व्यवस्था परिबर्तनको लडाइ पार्टीले जितेको र अवस्था परिवर्तनको लडाइमा प्रतिक्रान्ती हावी हुदा जनतालाई समस्या परेको बताउनुभयो । नेता कार्यकर्ताले ढकारीका विषयमा राखेका समस्याहरु लाई पार्टीमा छलफल चलाउने प्रतिबद्दता समेत व्यक्त गर्नसभयो । कुनैपनी नेता कार्यकर्ता बिचलित नभइ एकीकृत भएर नव सामन्तवादको प्रतिकार गर्न आग्रह गर्दै पार्टी सधै साथमा रहिरहेको बताउनुभयो ।

कार्यक्रमको विशिष्ट अतिथिमा माओवादी केन्द्रका प्रदेस कमिटी सदस्य जोरासिङ बिस्ट, अन्य अतिथिमा नेताहरु धरणीधर जैशी, भिम प्रसाद जैशी, धुर्व कुमार विस्ट, हरि प्रसाद जैशी, अनेरास्ववियू ( क्रान्तिकारि) का जिल्ला अध्यक्ष लाल बहादुर साउद रहनु भएको थियो ।

बिस्तारि बैठकले केहि दिनमै पालिका सम्मेलन भव्यताका साथ सम्पन्न पार्न सम्मेलन आयोजक समिति गठन भएको छ । साथै पार्टीको प्रदेश सम्मेलन सफल पार्नका लागि प्रदेस प्रतिनिधिमा नृप बहादुर थापा र लाल बहादुर साउद लाई छनोट गरिएको छ । यस्तै ढकारीको बिकासका लागि पार्टीको पहल मार्फत प्रदेस सरकारलाई डेलिकेसन बुझाउने निर्णय गरिएको छ ।

कार्यक्रममा सहभागी नेता कार्यकर्ताले कार्यक्रममा रिपोर्टिङमा क्रममा पार्टीको नेतृत्वमा प्रदेसमा सरकार हुदा पनि ढकारीका लागि कुनै बिकास निर्माणको काममा पार्टीले पहल नगरेको, पार्टीका नियमित कार्य नहुँदा कार्यकर्ताको विचल्ली भएको लगायतका विषयमा ध्याँनकाकर्षण गराएका थिए ।

Leave A Reply

Your email address will not be published.