लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तरगत बस्तीमा कार्यक्रम सम्पन्न

 चक्र प्रसाद जैसी, मंगलसेनः-

Samajik New Add 2082

लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत मंगलसेन १३ बस्तीमा मंगलबार सम्पन्न भएको छ । “घरैबाट सुरु गरौ महिला हिंसा अन्त्य गरौं” भन्ने मुल नाराका साथ कार्यक्रम  भएको हो ।

वडा अध्यक्ष प्रेम बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि मंगलसेन नगरपालिकाका उप–प्रमुख सरिता उपाध्याय रहनु भएको थियो । उहाँले समाजमा अहिले मदिराका कारण, छाउपडी प्रथाका कारण, अशिक्षाका कारण मुख्य रुपमा महिलाहरुमाथी हिंसा हुने गरेको बताउनुभयो । महिलाहरुलाई केही समस्या परे आफुलाई खबर गरे आफ्नो र नगरको तर्फबाट जुनसुकै सहयोग गर्न समेत तत्पर रहेको उहाँले बताउनुभयो ।

यस्तै कार्यक्रमका विशिष्ट अथिति मंगलसेन नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख मञ्जु महत रहनु भएको थियो । उहाँले हिंसा घरै बाट सुरु हुने भएकाले कुनै महिलालाई हिंसा भयो भने अब सहेर नबस्नु सुझाव दिनु भएको छ ।

यस्तै कार्यक्रमका अध्यक्ष एवं वडा नम्बर १३ का वडा अध्यक्ष थापाले महिलामाथि हुने बिभिन्न प्रकारका हिंशाहरु अन्त्य गर्न जिम्मेवार पक्षले काम गर्नुपर्नेमा जोड दिनुभएको छ । समाजमा अहिले मदिराका कारण बढिमात्रामा यस्ता प्रकारका हिंशा हुने गरेको भन्दै उहाले एक अर्को प्रशंगमा बोल्दै वडा अध्यक्ष थापालेले अछाम जिल्लामा छाउपडी प्रथाका कारण पनि यस्तो किसिमको हिंशा हुने गरेको बताउनुभयो ।

उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायव निरिक्षक अशोक खडका, वडा सचिब डन्डी प्रसाद ढुंगाना, वडा सदस्यहरु, विभिन्न राजनितीक दलका प्रमुख एव प्रतीनिधी, स्वयमसेबिका, महिला सञ्जाल, सिर्जनसिल युवा समुहका प्रतीनिधी, शिक्षक, बिद्यार्थी, सञ्चारकर्मी लगाएतको उपस्थीती रहेको थियो ।

वडा सदस्य बल बहादुर बडेलाले स्वागत मन्तब्य राख्नु भएको कार्यक्रमको सञ्चालन चन्द्रीका उपाध्यायले गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.