एमसीसी पास गर्ने षड्यन्त्र हुदैछः रावल

अछाम, २२ मंसिरः-

Samajik New Add 2082

नेकपा एमालेका नेता भीम रावलले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) पास गर्ने षडयन्त्र भईरहेको बताउनुभएको छ । सत्तारुढ दलका नेताहरु पद जोगाउनको लागि राजनीतिक अस्थिरता भएको बेलामा संसद्बाट अनुमोदन गर्ने षड्यन्त्र भइरहेको बताउनुभयो ।

चितवन महाधिवेशनमा पछि पहिलो पटक अछाम पुग्नुभएका नेता रावलले एमसीसीलाई पास गरेर नेपाललाई उपनिवेश बनाउने षडयन्त्र भईरहेको भन्दै देशभक्त नेपालीले त्यसको विरोध गर्नुपर्नेमा जोड दिनुभयो । नेता रावलले अहिलेसम्म एमसीसीसँग भएका सम्झौता राष्ट्रहित विपरित, स्वतन्त्रता र सार्वभौमिकताविरुद्ध रहेको बताउनुभयो । उहाँले नेपालको संविधानभन्दा माथि राखेर गरिएको एमसीसीको सम्झौता एकदमै घातक रहेको पनि बताउनुभयो ।

चितवन महाधिवेशनमा पराजित पछि पहिलो पटक सार्वजनिक कार्यक्रममा सहभागी भएका नेता रावलले चुनावमा हारजित स्वभाविक भएको धारणा व्यक्त गर्नुभयो । उहाँले आफूले अध्यक्ष पदमा प्रतिष्पर्धा गरेको र हारेको बताउँदै त्यसमा मन खुम्च्याउनुपर्ने कारण नरहेको बताए। चुनावमा अध्यक्ष केपी शर्मा ओलीले जिते पनि नैतिकरूपमा भने आफूले जितेको उहाँको भनाइ छ ।

Leave A Reply

Your email address will not be published.