मर्यादित पत्रकारिता गर्नुपर्नेमा एक कार्यक्रमका सहभागीको जाेड

प्रेस काउन्सिल जागरण फैलाउँदै

टेकराज भण्डारी, मंसिर २५, अछाम :

Samajik New Add 2082

पत्रकारितालाई स्वच्छ, स्वतन्त्र र मर्यादित बनाउनुपर्ने अछाम जिल्लामा आयाेजित एक कार्यक्रमका सहभागी सराेकारवालाले जाेड दिनुभएको छ ।

प्रेस काउन्सिल नेपालले आयाेजना गरेकाे पत्रकार आचारसंहिता जागरण र मिडियाप्रतिकाे जनगुनासाे सुनुवाइ कार्यक्रमका सहभागी सराेकारवालाले पत्रकारले पत्रकारिता आचारसंहिताकाे पूर्ण रुपमा कार्यान्वयन गनुपर्ने बताउनुभएको हाे ।

हाल पत्रकारहरु राजनीतिक दलकाे सक्रिय कार्यकर्ता समेत हुने गरेका र पत्रकारिताकाे दुरुपयाेग हुने गरेकाे सहभागीकाे गुनासाे छ ।

एफएम रेडियो तथा अनलाइन नवीकरण एवं दर्ता नै नगरी सञ्चालन गरिरहेका, आफू निकटकाे बढाईचढाई गर्ने तथा अन्यलाई बिराेध गर्ने प्रवृत्ति रहेकाे सहभागीकाे भनाइ छ ।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकार र पत्रकारिताका राम्रा र मर्यादित अभ्यास आफैबाट शुरु गर्नुपर्ने बताउनु भयाे ।

अनलाइन सञ्चार माध्यमले पत्रकार आचारसंहिताकाे पालना गरेनगरेकाे अनुगमन गरीरहेकाे भन्दै अध्यक्ष बस्नेतले गलत गर्नेलाई कारबाही गर्ने, बन्द गर्ने लगायतका काम भैरहेको बताउनु भयाे ।

पत्रकार र सकारका वीचमा प्रेस काउन्सिलले पुलकाे काम गरिरहेकाे भन्दै पत्रकारका सुझाव, सल्लाह तथा गुनासाेलाई सम्बाेधन गर्ने बताउनु भयाे ।

पछिल्लो समय प्रेस काउन्सिल नेपालले आफ्ना गतिविधिहरु लक्षित वर्गसम्म पुर्याउने काम गरिरहेकाे समेत उहाँले बताउनु भयाे ।

प्रेस काउन्सिल नेपालका सदस्य लालबाबु शेषले मर्यादित पत्रकारिता गर्दै समाजलाई सुसूचित गर्नुपर्ने बताउनु भयाे । कार्यक्रममा प्रेस काउन्सिल नेपालका अनुगमनकर्ता कुशल आचार्यले प्रस्तुति राख्दै प्रेस काउन्सिलका काम तथा आचारसंहिताकाे बारेमा जानकारी गराउनु भएको थियाे । सुदूरपश्चिमका कैलाली,कञ्चनपुर, डडेलधुरा, डाेटी र अछाम जिल्लामा कार्यक्रम गरिएको अध्यक्ष बस्नेतले बताउनु भयाे ।

पत्रकार महासंघ अछामका अध्यक्ष खम्म खत्रीकाे अध्यक्षतामा भएको कार्यक्रममा प्रेस काउन्सिलका अधिकृत बिष्णु शर्मा लम्साल, अछामका प्रहरी प्रमुख डिएसपी तुल्सीराम अर्याल, प्रेस चाैतारी सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्ण ओली, विभिन्न सञ्चार माध्यममा आवद्ध सञ्चारकर्मी लगायतको सहभागीता रहेकाे थियाे ।

Leave A Reply

Your email address will not be published.