गैसस महाँसंघ अछामका अध्यक्ष टंकप्रसाद ढुंगाना महाँसंघको केन्द्रिय सदस्य निर्वाचित

गैर सरकारी संस्था महाँसंघ नेपाल जिल्ला समिति अछामका अध्यक्ष टंकप्रसाद ढुंगाना महाँसंघको केन्द्रिय सदस्यमा निर्वाचित हुनुभएको छ । काठमाण्डौमा सम्पन्न महाँसंघको दशौं राष्ट्रिय महाँदिवेशनबाट ढुंगाना केन्द्रिय सदस्यमा सर्वसम्मत निर्वाचित हुनुभएको हो ।

Samajik New Add 2082

केन्द्रिय सदस्यमा निर्वाचित भएसंगै ढुंगानालाई सुदूरपश्चिम प्रदेश ईञ्चार्जको समेत जिम्मेवारी दिईएको छ । अछाम स्थित रुडेक नेपाल नामक गैरसरकारी संस्थाका अध्यक्ष समेत रहेका नवनिर्वाचित केन्द्रिय सदस्य ढुंगाना २०७५ देखी गैसस महाँसंघ अछामको अध्यक्षका रुपमा हुनुहुन्छ । यस्तै उहाँले अछाममा २०७४ देखी मानव अधिकार एलायन्स जिल्ला शाखा अछामको अध्यक्षका रुपमा समेत जिम्मेवारी निर्वाह गरिराख्नुभएको छ भने मानव अधिकार संजाल सुदूरपश्चिम प्रदेश अध्यक्षका रुपमा २०७६ देखी जिम्मेवारीमा रहनुभएको छ ।

२०५३ साल देखि विभिन्न सामाजिक संघ संगठन तथा सञ्जालकाे जिम्मेवारीमा रहि सक्नु भएका ढुंगाना मालिका विकास संघको संस्थापक सचिव हुदै रुडेक नेपालमा संस्थापक सदस्य, कोषाध्यक्ष, सचिव, कार्यक्रम संयोजक, कार्यकारी निर्देशक र हाल अध्यक्षका रुपमा रहनुभएको छ ।

ढुंगाना सामाजिक क्षेत्रमा क्रियासिल सामाजिक अभियान्ताका साथै सालिन, भद्र एवं बाैद्दिक व्यक्तिका रुपमा परिचित छन । गैसस महाँसंघको केन्द्रिय सदस्य तथा सुदूरपश्चिम ईञ्चार्जमा चयन भएसंगै ढुंगानाले सामाजिक अभियानमा क्रियाशिल रहनुका साथै गैससको गरिमालाई उच्च राख्नका लागि निरन्तर सक्रिय रहने प्रतिबद्धता जनाउनुभयो ।

गैसस महाँसंघको १० औं महाधिबेशनवाट ४७ सदस्यीय केन्द्रीय कमिटि निर्वाचत भएको छ भने सुदूरपश्चिम प्रदेशबाट ढुंगाना सहित भवराज रेग्मी, सरस्वती खडका, भगत विक र सावित्री घिमिरे केन्द्रिय सदस्यमा निर्वाचित भएका छन । आज बस्ने केन्द्रिय कमिटीको पहिलो बैठकले अध्यक्ष देखी सबै पदाधिकारी बाँडफाँडको टुंगो लगाउने नवनिर्वाचित केन्द्रिय सदस्य ढुंगानाले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.