जन्म दिनको अवसरमा छात्रवृत्ति अक्षय कोषमा सहयोग

साँफेबगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मि प्रसाद शर्माले जन्म दिनको अवसरमा वैद्यनाथ वेद विद्याश्रममा स्थापति वैदिक छात्रवृत्ति अक्षय कोषमा सहयोग गर्नु भएको छ । प्रमुख प्रशासकीय अधिकृत शर्माले जन्मदिनको अवसरमा ३३ हजार ३ सय ३३ रुपैया वैद्यनाथ वेद विद्याश्रमका अध्यक्ष डण्डिराज जोशी, प्रार्चाय देवराज उपाध्यायलाई हस्तान्तरण गर्नुभयो ।

Samajik New Add 2082

आर्थिक हस्तान्तरण कार्यक्रममा वोल्दै प्रमुख प्रशाकीय अधिकृत शर्माले अरुलाई बदल्नु छ भने राम्रा, असल र सकारात्मक पक्षको अनुसरण आफैबाट सुरुवात गर्नु पर्नेमा जोड दिनुभएको छ । उहाँले जन्म दिनको अवसरमा सामाजिक अभियानको सुरुवात गरेपछि अहिले अन्यले पनि जन्मदिनको अवसरमा सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको बताउनुभयो । जन्मदिन उत्सव हो मनाउनु पर्दछ, तर जन्मदिन मनाउने नाममा फजुल खर्च गर्नु गलत संस्कार रहेको उहाँको भनाई रहेको छ । उहाँले आफूले आगामि दिनमा पनि फजुल रुपमा हुने खर्चलाई यसरी सामाजिक क्षेत्रमा छुट्याउने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ ।
वैद्यनाथ धाम पर्यटन विकास तथा व्यवस्थापन समितिका कार्यकारी निर्देशक भरत कुँवरले जन्मदिनलाई परोपकारी कार्य र सामाजिक कार्यमा जोड्नु पर्ने धारणा व्यक्त गर्नुभयो । आधुनिकता संग–संगै जन्म दिन पछिल्लो समय भड्किलो र प्रतिस्पर्धात्मक बन्दै गएको भन्दै उहाँले जन्म दिनलाई सवैले समाजिक कार्यमा जोड्नु पर्ने बताउनुभयो।
वैद्यनाथ वेद विद्याश्रमका अध्यक्ष डण्डिराज जोशीले सहयोग सानो ठूलो जे भएपनि अभियानको सुरुवात नै ठूलो रहेको बताउनुभयो । जन्मदिन उत्सव हो मनाउनु पर्दछ, तर जन्मदिन मनाउने नाममा हुने फजुल खर्चलाई समाजिक क्षेत्रमा लगाउनुपर्ने बताउनुभयो ।

वैद्यनाथ वेद विद्याश्रमका प्रार्चाय देवराज उपाध्यायले आफुले कमाएको केही सम्पत्ति सामाजिक र परोपकार सेवामा खर्चिने परिपाटीले सकरात्मक सन्देश दिएको बताउनुभयो । उहाँले जन्म दिनको अवसरमा महँङ्गा उपहार र भव्य पार्टीको आयोजना गरी गरिने फजुल खर्चको सट्टा सामजिक क्षेत्रमा गर्नु पर्नेे जोड दिनुभयो । नेपाल पत्रकार महासंघका अछामका अध्यक्ष खम्म खत्रीले होटल वा पार्टी प्यालेसमा परिवार अनि साथिभाईहरुसंग मनाईने जन्म दिनमा हुने खर्च वैद्यनाथ वेद विद्याश्रममा स्थापति वैदिक छात्रवृति अक्षय कोषमा सहयोग गर्ने राम्रो कार्यको अरुले पनि सिको गर्नुपर्नेमा जोड दिनुभयो ।
हेल्प अछामका अध्यक्ष हिमाल कुँवरले प्रमुख प्रशासकीय अधिकृत शर्माले सुरुवात गरेको अभियान अन्यले पनि सिको गर्नु पर्नेमा जोड दिनुभयो । उहाँले तडक भडक नभई सामाजिक रुपमा सन्देश दिने तरिकाले जन्म दिन मनाउनु पर्नेमा जोड दिनुभएको छ । प्रमुख प्रशासकीय अधिकृत शर्माले अघिल्लो वर्ष पनि वैद्यनाथ वेद विद्याश्रममा अध्ययन गर्ने वटुकलाई १० सेट कम्वल वितरण गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.