मंगला नेरा मावि वलिगाउमा अनेरास्ववियुको प्राक कमिटी गठन
मंगला नेपाल राष्ट्रिय माध्यमिक विद्यालय मंगलसेन नगरपालिका वडा नम्बर ९ वलिगाउमा अनेरास्ववियुको प्राक कमिटी गठन गरिएको छ । विद्यार्थीको भेलाले साधारण तर्फ किरण रावलको अध्यक्षतामा २५ सदस्यीय ईकाई कमिटी गठन गरेको हो ।

जसमा उपाध्यक्ष सिर्जना रावल, सचिव दीपिका रावल, उप-सचिव किरण लामा, सचिन रावल लगाएतका सदस्य रहेका छन । गठन कार्यक्रम अनेरास्ववियु जिल्ला कमिटी सचिवालय सदस्य एंव मंगलसेन नगर संयोजक श्यामसुन्दर रावल, युवा संघका सुरत रावलको बिशेष उपस्थिति रहेको थियो ।