नेकपा माओवादी केन्द्र चौरपाटी ६ दुनीको प्रथम बैठक सम्पन्न
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) चौरपाटी गाउँपालिका वार्ड नं. ६ संगठन कमिटीको प्रथम बैठक सम्पन्न भएको छ । वडा कमिटी अध्यक्ष बहादुर साउदको अध्यक्षतामा बसेको बैठकमा पार्टीका चौरपाटी संगठन कमिटीका अध्यक्ष जीवन बिक्रम साउद प्रमुख अतिथि रहनुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि साउदले संगठनलाई चुस्त दुरुस्त पार्नका लागि पार्टी संगठनलाई बिस्तार गर्न सबै पार्टी पंक्ति लाग्नुपर्नेमा जोड दिनुभयो । पार्टीलाई जनस्तरमा लैजान सबैले पिडामा परेका जनतासङ्ग जोडिन र पार्टीको तर्फबाट सग्दो सहयोग गर्न पनि उहाँले निर्देशन दिनुभयो ।

गत कार्तिक १८ गते दुनिमा आगलागी पीडित झुसे साउदको घर निर्माणमा दुनि पार्टीलाई जुट्न निर्देशन दिदै गाउँपालिका कमिटी अध्यक्ष साउदले अग्नि पिडितलाइ भेट्दै पार्टीको तर्फबाट सग्दो सहयोग गर्ने प्रतिवद्दता दिनुभयो ।
बैठकले विभिन्न व्यक्तिलाई टोलसमितिको लागि जिम्मेवारी पनि दिएको छ । जसमा करन साउद र भरत सुनारलाई लिगुडसैन टोल, झंकर साउद, धनराज साउद, मिन बहादुर साउद र गणेश साउदलाई मल्लो दुनी, पुन्ना कामीलाई तल्लो दुनी, बहादुर साउद र दीर्घ बहादुर साउदलाई सेलपाखा टोलको जिम्मेवारी दिईएको छ ।
बैठकमा पार्टीको चौरपटी संगठन कमिटी सदस्य दिर्घ साउद र पुने कामी लगायतको उपस्थिति रहेको थियो । बैठकको संचालन वडा कमिटी सचिव झंकर साउदले गर्नु भएको थियो ।
