मंगलसेन न.पा. १३ मा अनलाईन प्रणालीबाट घट्ना दर्ता कार्य सुरु

अछाम १२ पौषः

Samajik New Add 2082

मंगलसेन नगरपालिका वडानम्वर १३ मा औपचारीक रुपमा पूर्ण अनलाईन प्रणालीबाट घट्ना दर्ता कार्य सुभारम्भ गरिएको छ । नगरपालिकाले वडामा ईन्टरनेटको व्यावस्थापन गरेसंगै वडाले घट्ना दर्ता कार्य पूर्ण रुपमा अनलाईन मार्फत सुरु गरेको हो ।

वडा कार्यालय मार्फत अनलाईन प्रणालीबाट घटना दर्ता कार्य प्रारम्भ भएसंगै वडा अध्यक्ष प्रेम बहादुर थापा सेवाग्राहीलाई जन्मदर्ता प्रमाणपत्र हस्तान्तरण गर्दै वडामा अनलाईन प्रणाली सुभारम्भ भएको घोषणा गर्नुभयो ।

नगरको सबैभन्दा बिकट वडा वडा नम्वर १३ वस्तीमा पनि पूर्ण अनलाईन माध्ययमबाट घट्ना दर्ता कार्य सुरु भएसंगै लगभग सबै वडा अनलाईनको पहुँचमा पुगिसकेको र बाँकी रहेका वडालाई पनि तत्काल अनलाईन प्रणालीमा लगिने नगरपालिकाले जनाएको छ ।

अनलाईन प्रणाली मार्फत व्यक्तिगत घट्ना दर्ता कार्य सुभारम्भ कार्यक्रममा वडा सचिव डण्डी प्रसाद ढुंगाना, एम आई एस फिल्ड सहायक दिल बहादुर केसी, वडाका कृषि प्राविधिक कैलाश कुमार साउद, पशु प्राविधिक मिन बहादुर थापा लगायतको सहभागीता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.