मेल्लेखका ५ वटा स्वास्थ्य संस्थालाई स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण
लालबहादुर चदारा, मेल्लेख १२ पौषः

अछामको मेल्लेख गाउपालिका मा ५ वटा स्वास्थ्य संस्था हरुलाई २ लाख ५१ हजार ९ सय ५० बराबरको व्यक्तिगत स्वास्थ्य सुरक्षा तथा खाेप अभियान व्यवस्थापन सामग्री हस्तान्तरण गरेकाे छ । वाक नेपाल र वल्ड भिजन सयुक्त साझेदारीमा संचालित उत्थानशिल जिविका पार्जन तथा पाेषण र काेभिट प्रतिकार्य सवलिकरण परियाेजना अन्तर्गत उक्त सामाग्री सहयोग गरि हस्तान्तरण गरिएको हाे ।
जस्मा प्रति स्वास्थ्य चाैकि लाई त्रिपाल ३ थान टेबुल १ थान कुर्सी १२ थान माक्र्स ३हजार पिस हातधुने साबुन ४० पिस ,सेनिटाइजर २० लिटर ग्वलाेभस २० पाकेट फिल्टर १ थान गरि एउटा स्वास्थ्य चाैकिलाई ५० हजार ३सय ९० गरि जम्मा मेल्लेख का ५ वटा स्वास्थ्य संस्थालाई २ लाख ५१ हजार ९ सय ५० रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेकाे वाक नेपाल का कार्यक्रम सयाेजक दिलिप बाेहरा ले जानकारी दिनुभएको छ ।

साथै साफेबगर नगर पालिका वडा न ४ र मेल्लेख गाउपालिकाका २३ वटा विपन्न परिवार काे जिविकोपार्जनमा सुधार ल्याउने उदेश्यले वेमाैषमि तरकारी खेतिका लागि प्रति परिवारलाई १५ हजार १ सय ९५ गरि २३ घरपरिवार लाई जम्मा ३ लाख ४९ हजार ४ सय ८५ रुपैया बराबरको आवश्यक कृषि सामाग्री पनि सहयोग गरिएको छ । जस्मा सिल्पउलिग पलास्टिक १ थान, ड्रिपिसेट १ थान मल्चिङ सेट १ थान, मल १२ केजी नर्सरी पलास्टिक ५ मिटर वेमिरुटिन, १ पाकेट टामटर (सिर्जना) काक्रा, १ पाकेट भेडेखुर्सानि, १ पाकेट जुकेनि फर्सी, पालुङ्गाे सिमि ५०० ग्राम लगायत वेमाैसमि बीउ विजन वितरण गरिएकाे परियाेजनाले जनाएको छ ।

वाक नेपाल र वल्र्ड भिजन काे सयुक्त साझेदारीमा संचालित परियाेजना बाट मेल्लेख गाउपालिका काे समन्वय मा यस अघि पनि मेल्लेख मा थुप्रै क्रियाकलाप संचालन गरि विपन्न परिवार जिवनस्तरमा सुधार भएकाे जनाइएको छ । साे सामाग्री हस्तान्तरण कार्यक्रममा वडा नम्वर ५ का वडा अध्यक्ष रमेश बहादुर खडका अन्य वडाका वडा अध्यक्ष हरु स्वास्थ्य चाैकि इन्चार्ज वाक नेपाल का कार्यक्रम सयाेजक दिलिप बाेहरा, लेखा संयाेजक ईश्वर उपाध्याय, मिल संयाेजक जगत रावल, आपुर्ति व्यवस्था अधिकृत अनुजा श्रेष्ठ जिविका पार्जन अधिकृत धिरज ढुङेना, निरन्जना पनेरु, सामाजिक परिचालक बिष्नु बुढथापा दिपिका वड कविता साउद, भुपेन्द्र भण्डारी लगायत संस्थाका उच्च पदाधिकारीहरुकाे सहभगिता रहेकाे थियाे ।
काेभिड तेस्रो लहर फैलिन नदिन स्वास्थ्य मापदण्ड सबै पुरा गर्न स्वास्थ्य संस्था लाई संस्था बाट आवश्यक स्वास्थ सामाग्री सहयोग भएपछि मेल्लेख गाउपालिकाले संस्थालाई धन्यवाद दिएको छ । आगामि दिनमा पनि संस्थाले गर्ने क्रियाकलापहरुलाई निरन्तरताका लागि पालिकाबाट पनि सहयोग रहने गाउँपालिकाले जनाएको छ ।
