मंगलसेन -१ मा योजना सम्झौता तथा कार्यान्वयन सम्वन्धि अनुशिक्षण सम्पन्न

अछामः

Samajik New Add 2082

योजना सम्झौता तथा कार्यान्वयन सम्वन्धि अनुशिक्षण कार्यक्रम मंगलसेन नगरपालिका १ को सुवाखाँदमा सम्पन्न भएको छ । मंगलसेन नगरपालिकाको आयोजना तथा १ नम्वर वडा कार्यालयको समन्वयमा कार्यक्रम गरिएको हो ।

वडा अध्यक्ष गाेपाल थापाको अध्यक्षतामा भएको कार्यक्रममा उपभोक्ता समितिका पदाधिकारीहरुलाई योजना सम्झौता प्रक्रिया, कार्यान्वयनमा देखिने अन्यौलताबारे प्रष्ट पारिनुका साथै सम्झौता प्रक्रिया देखी भुक्तानी प्रक्रिया सम्मका विभिन्न चरण वारे जानकारी गराईएको थियो । यस्तै अनलाईन प्रणालीबाट योजना सम्झौता र सफ्टवेयरबारे पनि जानकारी गराईएको थियो । अनलाईन मार्फत योजना सम्झौता कार्य गरिदा आफुहरुलाई नगरपालिकामा पुग्नुपर्ने झन्झटको अन्त्य हुने भन्दै उपभोक्ताहरु खुसी भएका जनाईएको छ ।

नगरपालिकाको योजना शाखाका झनक अधिकारी र डण्डीप्रसाद ढुंगानाले सहजिकरण गर्नुभएको अनुशिक्षण कार्यक्रममा वडामा गठित सबै उपभोक्ता समिति पदाधिकारीहरुको सहभागिता रहेको थियो । वडा सदस्य गंगा थापाले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको संचालन वडाका पशु प्राविधिक कृष्ण बहादुर साउदले गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.