मंगलसेन नगरपालिका भित्रका विद्यालयको शैक्षिक गुणस्तर बृद्धिका लागि निरन्तर अन्तरक्रिया

विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि मंगलसेन नगरपालिकाले अभिभावक, शिक्षक र विद्यार्थीसँग नियमित अन्तरक्रिया जारी राखेको छ । नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा नगरपालिकाका १४ वटै वडामा एक विद्यालय छनोट गरि पौष २६ गते सम्पन्न गर्ने गरि पौष १३ गतेबाट निरन्तर जारी रहेको छ ।

जस अन्तर्गत आज नवप्रभात आधारभूत विद्यालय मंगलसेन नगरपालिका वडा नम्बर १४ कालागाउ अन्तरक्रिया गरिएको छ । विद्यालय ब्यबस्थापन समिति जयन्द्र सोडारीको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख पदमबहादुर बोहरा प्रमुख अतिथी रहनु भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख बोहराले शैक्षिक गुणस्तर वृद्धि गर्न सबैको भुमिका महत्त्वपूर्ण रहने बताउनु भयो । सामुदायिक विद्यालयको गुणस्तर सुधारमा अभिभावकको समेत भुमिका हुने भएकाले चेतना विकासमा जोड दिनुपर्नेमा जोड दिनु भयो । सामुदायिक विद्यालयमा गरिब तथा न्यून आयस्रोत भएका परिवारका बालबालिका भर्ना हुने भएकाले निरन्तर टिकाउन गार्हो रहेको उहाले बताउनु भयो ।
नगर सामाजिक समिति संयोजक पदमबहादुर धामी, वडा नम्बर १४ का अध्यक्ष तेजबहादुर भण्डारी बिशिस्ट अतिथि रहनु भएको थियो । अन्य अतिथिमा शिक्षक अभिभावक संघ अध्यक्ष नन्दा तिरुवा, वडा सदस्य सदस्य जयसिंह बोहरा, मथुरा रेग्मी लगाएतका अतिथि रहनु भएको थियो ।
कार्यक्रममा समग्र विद्यालयको प्रतिबेदन सहित अबस्थाको बारेमा विद्यालय प्रधानाध्यापक लम्बुधर रेग्मीले जानकारी गराउनु भएको थियो । मंगलसेन नगरपालिका शिक्षा अधिकृत जगतबहादुर रावलले सहजिकरण गर्नु भएको कार्यक्रमको संचालन अन्नपूर्ण माविका शिक्षक वेदराज रेग्मीले गर्नु भएको थियो ।
यस अघि अन्तरक्रिया कार्यक्रम प्रगतिशील आधारभुत विद्यालय मंगलसेन १, शिवनिवास आधारभुत विद्यालय मंगलसेन ३,
राधा मावि मंगलसेन ४ मा सम्पन्न भईसकेको शिक्षा अधिकृत जगत बहादुर रावलले जानकारी दिनु भयो ।

