मंगलसेन न. पा. ८ र ९ मा योजना सम्झौता तथा कार्यान्वयन सम्वन्धि अनुशिक्षण गराईयो

अछामः

Samajik New Add 2082

योजना सम्झौता तथा कार्यान्वयन सम्वन्धि १ दिने अनुशिक्षण कार्यक्रम सोमबार मंगलसेन नगरपालिका ८ र ९ मा सम्पन्न भएको छ । मंगलसेन नगरपालिकाको आयोजना तथा वडा कार्यालयहरुको समन्वयमा कार्यक्रम गरिएको हो ।

वडानम्वर ९ का अध्यक्ष झपट बहादुर रावलको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख सरिता उपाध्याय प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा बोल्दै नगर उपप्रमुख उपाध्यायले यस्तो कार्यक्रमले नगरपालिकालाई भविष्यमा तथ्यंक राख्न सजिलो हुनुका साथै नागरिकलाई नगरपालिका धाईराख्नुपर्ने समस्याबाट सहज भएको बताउनुभयो ।

वडानम्वर ८ का अध्यक्ष हिरण्ड बहादुर बोहरा बिशिष्ट अतिथि रहनुभएको अनुशिक्षणमा उपभोक्ता समितिका पदाधिकारीहरुलाई योजना सम्झौता प्रक्रिया, कार्यान्वयनमा देखिने अन्यौलताबारे प्रष्ट पारिनुका साथै सम्झौता प्रक्रिया देखी भुक्तानी प्रक्रिया सम्मका विभिन्न चरण वारे जानकारी गराईएको थियो । यस्तै अनलाईन प्रणालीबाट योजना सम्झौता र सफ्टवेयरबारे पनि जानकारी गराईएको थियो ।

नगरपालिकाको योजना शाखाका झनक अधिकारी, नन्दराज ढुंगाना र वडा नम्वर १३ का सचिव डण्डीप्रसाद ढुंगानाले सहजिकरण गर्नुभएको अनुशिक्षण कार्यक्रममा वडामा गठित सबै उपभोक्ता समिति पदाधिकारीहरुको सहभागिता रहेको थियो । अनुशिक्षण कार्यक्रमको संचालन वडानम्वर ९  का वडा सचिव कर्ण बहादुर शाहीले गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.