नेपाल निजामती कर्मचारी युनियन अछामको अध्यक्षमा झपटराज ढुंगाना चयन

कमल रावल, पौष २० अछामः

Samajik New Add 2082

नेपाल निजामती कर्मचारी युनियन अछामको ८ औँ महाधिवेशनले नयाँ नेतृत्व सर्वसम्मत चयन भएको छ । हिजो उदघाटन पछी आजसम्म चलेको बन्दसत्रले पुनः झपटराज ढुंगानाको अध्यक्षतामा १७ सदस्यिय जिल्ला कार्य समिती चयन गरेको छ ।

जसमा उपाध्यक्ष विष्णु प्रसाद उपाध्याय, साबित्री खडका, रत्ना सोडारी, सचिव लोग बहादुर सिजापती, सहसचिव प्रेम प्रसाद जैसी, कोषाध्यक्ष गोकुल देवकोटा लगाएतका सदस्य रहेका छन । त्यसैगरि ५ जनालाई केन्द्रीय महाधिवेशन प्रतिनीधीमा छनोट गरिएको छ ।

जसमा र चक्र बहादुर बिष्ट, राजेन्द्र भाट, झनक प्रसाद न्यौपाने, देवेन्द्र बहादुर साहु, र गोविन्द देवकोटा रहेका छन । नव निर्वाचित समितीलाई नेपाली काग्रेस अछामका पार्टि सभापती भरत कुमार स्वारले प्रमाणपत्र वितरण तथा सपथ गराउनु भएको थियो ।

Leave A Reply

Your email address will not be published.