शैक्षिक गुणस्तर सुधारका लागि स्कुल स्कुलमा अन्तरक्रिया गर्दै जारी

Kirci Gyan Kendra

टेकराज भण्डारी, पौष २१, अछाममंगलसेन नगरपालिकाले विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि सेवा क्षेत्रका विद्यालय विद्यालयमा अन्तर्क्रिया गरिरहेकाे छ ।

Samajik New Add 2082

मंगलसेन नगरपालिकाले अभिभावक, शिक्षक र विद्यार्थीसँग नियमित अन्तरक्रिया जारी राखेको छ । नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा नगरपालिकाका १४ वटै वडामा एक विद्यालय छनोट गरि पौष २६ गते सम्पन्न गर्ने गरि पौष १३ गतेबाट निरन्तर जारी रहेको छ । जस अन्तर्गत आज मालिका आधारभूत विद्यालय मंगलसेन नगरपालिका वडा नम्बर ६ ठुलासेनमा अन्तरक्रिया गरिएको छ । विद्यालय ब्यबस्थापन समिति हेमराज भण्डारीकाे अध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख सरिता उपाध्याय प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि नगर उपप्रमुख उपाध्यायले शैक्षिक गुणस्तर वृद्धि गर्न सबैको भुमिका महत्त्वपूर्ण रहने बताउनु भयो । सामुदायिक विद्यालयको गुणस्तर सुधारमा अभिभावकको समेत भुमिका हुने भएकाले चेतना विकासमा जोड दिनुपर्नेमा उहाँले जोड दिनु भयो । सामुदायिक विद्यालयमा गरिब तथा न्यून आयस्रोत भएका परिवारका बालबालिका भर्ना हुने भएकाले निरन्तर टिकाउन गार्‍हो रहेको उहाले बताउनु भयो ।

कार्यक्रमका बिशिस्ट अतिथि वडा नम्बर ६ का अध्यक्ष जनकराज भण्डारीले शैक्षिक गुणस्तर सुधारका लागि सबै सराेकारवाला सक्रिय हुनुपर्ने बताउनु भयाे । सिमित श्राेत र साधनका बाबजुत शिक्षा क्षेत्रकाे विकासका लागि वडा कार्यालय लागिरहेकाे उहाँकाे भनाइ छ ।

Saud Agro Kailash

अर्का बिशिस्ट अतिथि गैरसरकारी संस्था महासंघका काेषाध्यक्ष तथा अधिकारकर्मी बिन्दु रावलले छाेरा र छाेरीमा विभेद नगरी समान रुपले शिक्षा प्राप्त गराउन अभिभावकले ध्यान दिनुपर्ने बताउनुभयो । कार्यक्रम पश्चात् केही न केही उपलब्धि हुनुपर्ने उहाँको भनाइ छ ।

कार्यक्रममा नगर कार्यपालिका सदस्य भावना विक, वडा सदस्य देबेन्द्र प्रसाद भण्डारी, नरपति भण्डारी, विद्यालयका संस्थापक टंकप्रसाद भण्डारी, व्यवस्थापन समितिका सुवानाथ भण्डारी, व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघका पदाधिकारी, अभिभावक, शिक्षक, विद्यार्थी लगायतको सहभागीता रहेकाे थियाे ।

कार्यक्रममा समग्र विद्यालयको प्रतिबेदन सहित शैक्षिक अवस्था, सिकाई उपलब्धि, शैक्षिक सुधारका लागि गरिएका प्रयास, समस्या लगायतका विषयमा जानकारी गराईएकाे थियाे ।

मंगलसेन नगरपालिकाका शिक्षा अधिकृत जगतबहादुर रावलले कार्यक्रमकाे उद्देश्यका बारेमा जानकारी गराउँदै कक्षाकाेठाकाे सिकाई क्रियाकलाप प्रभावकारी बनाउनु पर्नेमा जाेड दिनुभयाे । सामुदायिक विद्यालयकाे गुणस्तर बढाउनुपर्ने भन्दै राज्यकाे लगानी, अभिभावकाे भावना तथा विद्यार्थीकाे चाहनालाई मुर्त रुप दिन सबै सराेकारवाला प्रतिबद्ध हुनुपर्नेमा उहाँकाे जाेड छ ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.