पार्टीमा युवा नेतृत्व स्थापित गर्न उपसचिव बन्न तयार भएको हुः एमाले नेता बिसी

Kirci Gyan Kendra

नेकपा एमालेका जिल्ला कमिटी सदस्य डम्बर बिसीले पार्टीमा युवा नेतृत्व स्थापित गर्नका लागि उपसचिव बन्न तयार भएको बताउनु भएको छ । सबैको युवा तथा आम नेता कार्यकर्ताको माग अनुसार पार्टिको पदाधिकारीमा नेतृत्व लिनुपर्छ भन्ने माग अनुसार सबैको सहमती अनुसार आफु अघि बढेको बताउनु भयो ।

Samajik New Add 2082
Saud Agro Kailash

अनेरास्वीयुको स्थायी कमिटी सदस्य तथा सुदुरपश्चिम प्रदेश सहईञ्चार्ज समेत रहेका नेता बिसीले रेडियो रामारोशनको रामारोशन चौतारी कार्यक्रममा बोल्दै २०६२ सालदेखी अनेरास्वीयुको स्कुल कमिटीबाट विद्यार्थि राजिनिती यात्रा सुरु गरेको स्मरण गर्दै जिल्लाको पदाधिकारीमा ५ वटा महत्वपुर्ण पद हुदा आफु उपसचिवका लागी योग्य भएकाले सो पदमा घोषणा गरेको बताउनु भयो ।

पार्टी नेतृत्वले सहमती वा निर्वाचन प्रणाली मार्फत नयाँ नेतृत्व चयन गरे समेत आफुलाई स्विकार्य हुने बताए । ८ औँ जिल्ला अधिबेशनको मुल ब्याबस्थापन तथा प्रतिनिधी ब्यास्थापन र प्रचारप्रसार उपसमिती सदस्य समेत रहेका नेता बिसीले नेतृत्व परिवर्तन हुने अधिबेशन भएकाले सबै नेताको ध्यान नेतृत्व परिवतर्नमा भएको जानकारी दिए ।
पार्टिलाई स्थापित चलायमान बनाउदै लैजानका लागी एकताबद्ध एमाले अहीलेको आवश्यकता रहेको समेत बताउनु भयो ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.