एमाले अछामको बन्दसत्र भोलि बिहान ९ बजेसम्मका स्थगित

Kirci Gyan Kendra

नेकपा एमाले अछामको आठौँ अधिबेशनको बन्दसत्र भोलि बिहान ९ बजेसम्मका लागि स्थगित गरिएको छ । बन्दसत्रमा राजनितीक, सांगठनिक र आर्थिक प्रतिवेदन बन्दसत्रबाट पारित गर्दै आजलाई भोलि बिहान ९ बजेसम्मका लागि स्थगित गरिएको हो ।

Samajik New Add 2082

आयोजक कमिटी लगाएत अधिबेशनमा जिल्ला भरिबाट ७ सय २९ जना प्रतिनिधि भएकाले मौसमको प्रतिकृलता तथा नयाँ नेतृत्व सर्वसम्मत चयनका लागि छलफल हुने भएकाले भोलि सम्म स्थगित गरिएको अध्यक्ष मण्डलमा अध्यक्ष तथा नेकपा एमालेका केन्द्रीय सदस्य तथा अछाम ईन्चार्ज झपट बहादुर बोहराले बताउनु भयो ।

Saud Agro Kailash

अछामको पदाधिकारी सहित १ सय ५ सदस्यीय बन्ने जिल्ला कमिटिका लागि निर्वाचन कलष्टर अनुसारको दायरा समेत सार्वजनिक सहित सार्वजनिक गरिएको छ । जसमा १ अध्यक्ष, उपाध्यक्ष, सचिव, १ महिला र पुरुष गरि २ उपसचिव, दलितबाट प्रतिनिधित्व गर्ने क्षेत्र नम्बर १ बाट ४, २ बाट ४ गरि ८ जना, १ अल्पसंख्यक, १ जनजाति, १ फरक क्षमता गरि ११ जना आरक्षण कोटाबाट जिल्ला कमिटी सदस्य हुन पाउने भएका छन ।

त्यसैगरि जिल्ला भरि खुल्ला सदस्य २७ पुरुष, १२ महिला गरि ३९, भुगोल तर्फबाट मंगलसेन नगरपालिका र साँफेबगर नगरपालिकामा २ महिला र ५ जना गरि ७ जना गरि १४ जना, पन्चदेवल विनायक नगरपालिका र कमलबजार नगरपालिकामा २ महिला र ४ पुरुष गरि ६ जना गरि १२ जना, बान्निगढि जयगढ गाउपालिका, रामारोशन गाउपालिका, मेल्लेख गाउपालिका, चौरपाटि गाउपालिका, तुर्माखाद गाउपालिका, ढकारी गाउपालिकाबाट १ महिला र ३ पुरुष गरि २४ जना जिल्ला कमिटी सदस्य हुन पाउने भएका अध्यक्ष मण्डलका सदस्य कृष्णप्रसाद जैसिले बताउनु भयो ।

अध्यक्षका लागि सर्वसम्मत भएमा नेता कृष्णप्रसाद जैसी अघि बढेका छन भने निर्वाचन हुने अबस्थामा नेता चन्द्र बोहरा र प्रकाश शाह अघि बढेका छन । निर्वाचन मण्डलका संयोजक कृष्ण प्रसाद ढुगांनाका अनुसार भोलि बिहान ९ बजेसम्म निर्वाचनको कुनै कार्यतालिका नभई मतदाता नामावली रुजु सहित सार्वजनिक गर्ने बताईएको छ ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.