मंगलसेन १ मा उद्यमशिलता विकास तालिम सञ्चालन
अछाम, २४ पाैषः

“सीप सिकाैं, आत्मनिर्भर बनाैं” भन्ने मुल नारा सहित गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) अन्तरगत ८ दिने उद्यमशिलता विकास तथा व्यावसाय सचेतना एवं लैंगिक समानता र समावेशीकरण तालिम मंगलसेन १ कुन्तिवण्डालीमा सुरु भएको छ । नेपाल सरकार उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयकाे सहयाेग तथा मंगलसेन नगरपालिकाको आयाेजनामा तालिम संचालन भएको हो ।
वडानम्वर १ का अध्यक्ष गाेपाल थापाको अध्यक्षतामा भएको तालिमको उदघाटन कार्यक्रममा मंगलसेन नगरपालिकाका एम आई एस अपरेटर हाेम बहादुर साउद, स्थानीय समाजसेवी कमल थापा र दिलिप थापा अतिथि रहनुभएको थियो । उदघाटन कार्यक्रममा मन्तव्य राख्दै वडा अध्यक्ष तथा कार्यक्रमका अध्यक्ष थापाले वडामा थुप्रै सम्भावना भएकोले भन्दै तालिम लिएर उद्यमशिल बन्नुपर्नेमा जाेड दिनुभयो । व्यवसायीक र उद्यमशील बन्दै आत्मनिर्भर समाज बनाउनका लागि आफू प्रतिवद्द रहेकाे र सबै त्यसतर्फ अग्रसर हुनुपर्ने उहाँको भनाई थियो । सबैभन्दा बढि महिलाहरु काममा सक्रिय रहेकाेले महिलाहरुलाई लघु उद्यमशिलता तर्फ अग्रसर गराउनुपर्ने वडा अध्यक्ष थापाको भनाई छ ।
उदघाटन कार्यक्रममा मंगलसेन नगरपालिका मेड्पा कार्यक्रमका उद्यम विकास सहजकर्ता रामबहादुर बुढाले कार्यक्रमकाे उदेश्यमाथि प्रकाश पार्दै स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन वडाका पशु प्राविधिक कृष्ण बहादुर साउदले गर्नुभएको थियो । तालिममा वडाका उद्यम गर्न चाहने ३५ जना व्यक्तिहरुको सहभागिता रहेको छ ।