५० लाख बढी लगानीमा मंगलसेनमा फर्निसीङ हाउस संञ्चालनमा

Kirci Gyan Kendra

अछामको सदरमुकाम मंगलसेनमा फर्निसीङ हाउस संञ्चालनमा आएको छ । अफिस तथा घरायसी प्रायोजनका सामानहरू आधुनिक डिजाइनका सोफासेट, दराज,कुर्सी , टेबुल र डेकोरेसनका सामाग्री लगायतका सामानहरू पाईने हाउसमा धनगढी , नेपालगन्ज काठमाडौं लगायतका शहरहरूमा पाईने सामानहरू उपलब्ध रहेको हाउस संचालक उद्योग बाणिज्य संघ अछामका बरिस्ठ उपाध्यक्ष बम बहादुर रावलले बताउनुभयो ।

Samajik New Add 2082
Saud Agro Kailash

यी सामाग्रीको लागि अब बाहिर जान नपर्ने र ग्राहक हरूले अर्डर गरेमा घरमै पुर्याईदिने व्यवस्था समेत रहेको संचालक रावलको भनाइ छ । ५० लाख भन्दा बढिको लगानीमा संचालनमा ल्याईएको फर्निसिङ हाउसमा आगामी दिनमा थप सेवा बिस्तार गरिने भएको छ ।

उद्योग बाणिज्य संघ अछामका उपाध्यक्ष बम बहादुर रावल र महासचिव छत्र बहादुर बोहराको संयुक्त लगानीमा संचालनमा ल्याईएको हाउस महालक्ष्मी विकास बैंक मंगलसेन अगाडि रहेको छ ।

हाउसको आज एक कार्यक्रमको आयोजना गरि उद्योग बाणिज्य संघ अछामका अध्यक्ष महेन्द्र बहादुर कडायतले गर्नुभएको हो । युवा व्यावसायि रावल र बोहरा जिल्लामा विगत लामो समय देखि व्यावसाय गर्दै आउनुभएको छ ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.