मंगलसेन नगरपालिकाले स्वःमुल्याँकनमा प्राप्त गर्यो ६७ दशमलव ७५ प्रतिशत नतिजा

आ.व. २०७७।०७८ को स्वःमुल्याँकन नतिजा सार्वजनिक, नतिजामा १६ प्रतिशतले सुधार

कमल रावलः

Samajik New Add 2082

मंगलसेन नगरपालिकाले गत आर्थिक वर्षको स्वःमुल्याँकन नतिजा सार्वजनिक गरेको छ । नगरले आर्थिक बर्ष २०७७/०७८ मा सम्पादन गरेका क्रियाकलापहरुको कार्यप्रक्रिया र उपलब्धिहरुको लेखाजोखा गरि स्वमुल्याँकन नतिजा सार्वजनिक गरिएको हो ।
स्वःमुल्याँकनका क्रममा नगरपालिकाले जम्मा ६७ दशमलव ७५ प्रतिशत अंक प्राप्त गरेको छ । बिषयक्षेत्र अनुसार १० शिर्षकमा स्वःमुल्याँकनको नतिजा सार्वजनिक गरिएको छ । स्थानिय तह संस्थागत क्षमता स्वःमुल्याङ्कन कार्यविधी २०७७ (संशोधन, २०७८) बमोजिम स्वःमुल्याङ्कन गरि प्राप्त नतिजा सार्वजनिक गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारीले बताउनु भयो । “नगरमा गत वर्षबाट लिजा अन्तरगत स्वःमुल्याँकन कार्य थालिएको थियो” अधिकृत सोडारीले भन्नुभयो – “त्यो बेला अघिल्लो आर्थिक वर्ष २०७६/०७७ को स्वःमुल्याँकन नतिजा गत ५१ दशमलव ०४ प्रतिशत रहेको थियो ।” आर्थिक वर्ष २०७६/०७७ को तुलनामा गत आर्थिक वर्ष २०७७/०७८ मा १६ प्रतिशतले सुधार भएको उहाँको भनाई छ ।
विषयक्षेत्र अन्तरगत नगरले शासकीय प्रबन्धमा ८३ दशमलव ३३, संगठन तथा प्रशासनमा ८१ दशमलव २५, वार्षिक बजेट तथा योजना व्यवस्थापनमा ४५ दशमलव ४५, वितीय एंवम आर्थिक व्यवस्थापनमा ७७ दशमलव २७ प्रतिशत अंक प्राप्त गरेको छ । यस्तै सेवा प्रवाहमा ९० दशमलव ६३ प्रतिशत, न्यायिक कार्यसम्पादनमा ९२ दशमलव ८६, भौतिक पूर्वाधारमा ४२ दशमलव ३१, सामाजिक समावेशीकरणमा ५०, वातावरण तथा विपद व्यवस्थापनमा ७५ र सहकार्य तथा समन्वयमा ३३ दशमलव ३३ प्रतिशत अंक प्राप्त गर्न नगरपालिका सफल भएको नगरपालिकाका सुचना अधिकारी विष्णुप्रसाद जैसीले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.