अछाममा आईतबार २४ जनामा कोरोना पुष्टी

चक्र प्रसाद जैशीः

Samajik New Add 2082

अछामा आईतबार थप २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । जम्मा ४४ जनाको स्वाब संकलन भई एन्टिजोन परिक्षण गरिएकोमा २४ जनाको नतिजा पोजेटिभ आएको हो ।

जिल्लाको मंगलसेन नगरपालिका, साँफेबगर नगरपालिका, मेल्लेख गाउँपालिका, चौरपाटी गाउँपालिका र तुर्माखाँद गाउँपालिकामा ४४ जनाको स्वाव संकलन गरी भएको एन्टीजेन परीक्षणमा २४ जनामा कोरोना भाईरसको संक्रमण देखिएको स्वास्थ्य कार्यालय अछामका कोभिड फोकल मेडिकल ल्याव अधिकृत मीन बहादुर कुवँरले जानकारी दिनुभयो । संक्रमण देखिनेमा मंगलसेन नगरपालिका वडा नम्बर ५ का १० जना, साँफेबगर नगरपालिका वडा नम्बर ४, ७ र ३ का ११ जना, मेल्लेख गाउँपालिका वडा नम्बर २ का १ जना, चौरपाटी गाउँपालिकाका १ जना र तुर्माखाँद गाउँपालिका वडा नम्बर ६ का १ जनाको रिपोर्ट पोजेटिभ आएको अधिकृत कुवँरले बताउनुभयो ।

यो समाचार तयार पार्दा सम्म जिल्लाभर १ सय ८ जना कोरोनाका सक्रिय संक्रमित रहेका स्वास्थ कार्यालय अछामले जनाएको छ । तीमध्ये १ सय ६ जना होम आईसोलेसनमा छन् भने २ जना अस्पतालको आईसोलेसनमा उपचाररत छन् ।

Leave A Reply

Your email address will not be published.