अछाम जेसिजकाे पहिलाे बाेर्ड बैठकबाटै बार्षिक कार्ययाेजना तयार

Kirci Gyan Kendra

टेकराज भण्डारी, माघ १० अछाम
अछाम जेसिज बर्ष -२०२२ काे पहिलाे बाेर्ड बैठक विभिन्न निर्णय गर्दै सकिएकाे छ । बर्ष २०२२ का अध्यक्ष सिद्धराज ढुंगानाको अध्यक्षतामा बसेकाे बैठकले कार्ययाेजना तयार सहित विभिन्न निर्णय गरेकाे छ । सनसाईन प्लाजाकाे हल मंगलसेनमा भएको बैठकले बर्ष २०२२ भरी गर्ने विभिन्न कामलाई कार्ययोजनाकाे रुप दिएकाे छ ।

Samajik New Add 2082

जस अन्तर्गत बर्ष २०२२ भरी विभिन्न १४ बढी गतिविधि तथा कार्यक्रम गर्ने याेजना बनाएकाे छ । नारी दिवसमा सचेतनामूलक कार्यक्रम गर्ने, हाेरी मिलन, काेभिड सम्बन्धि चेतनामूलक कार्यक्रम गर्ने, नयाँ बर्ष २०७९ काे क्यालेन्डर प्रकाशन गर्ने, विभिन्न पालिकामा रक्त समूह पहिचान तथा रक्तदानका कार्यक्रम गर्ने कार्ययाेजना बनाईएकाे छ ।

Saud Agro Kailash

बर्ष २०२२ लाई उत्कृष्ट बर्षकाे रुपमा सञ्चालन गर्न बैठकले जेसिज सप्ताह, जेसिज स्थापना दिवस, पर्यटन प्रवर्द्धन, अछाम जिल्लाका दुइवटा प्रवेशद्वारमा हाेर्डिङबाेर्ड स्थापना लगायतका कार्यक्रम सञ्चालन गर्ने याेजना बनाएकाे छ ।

बर्ष २०२२ का महासचिव हरिश्चन्द्र रावलले सञ्चालन गर्नुभएको बैठकले अछाम जेसिजकाे आठौं शाखा अधिवेशन तथा पदस्थापना कार्यक्रम सम्पन्न गर्न सहयाेग गर्ने सम्पूर्ण सराेकारवालालाई धन्यवाद व्यक्त गर्ने निर्णय समेत छ । अछाम जेसिजकाे मासिक बैठक हरेक महिनाकाे पहिलाे शनिवार बस्ने र अत्यावश्यक परेकाे बेला पूर्व सूचना गरि बैठक बस्न सकिने अध्यक्ष ढुंगानाले बताउनु भयाे ।

उपाध्यक्ष रमन भट्टले स्वागत गर्नुभएको बैठकमा बाेर्डका पदाधिकारी, पूर्व अध्यक्ष तुलाराम बिसी, नरेशकुमार शाही लगायतको सहभागिता रहेकाे कार्यकारीणी उपाध्यक्ष टेकराज भण्डारीले जानकारी दिनुभयो ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.